News Portal

मोरङका सन्तोषको स्वास्थ्यमा समस्या, परिवारको बिचल्ली !

हिमालीसंचार संवाददाता
७४७ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको धनपालथान गाउँपालिका-४, स्थित कर्सिया बजार नजिकैमा बसोबास गर्दे आईरहेका एक घर परिवार बिचल्लीमा रहेका छन ।

मोरङको धनपालथान गाउँपालिका-४ बस्ने ३५ बर्षाका सन्तोष साह बिगत दुई महिनादेखि दुबै खुट्टा सुनिन्ने र पेट फुल्ने गम्भीर रोगबाट पिडित छन्। उनको आर्थिक अभावका कारण समयमै उपचार नहुनसक्दा अहिले उनी जीवन र मरणको अवस्थामा पुगेका छन ।  

सन्तोषको केही साता अगाडि उपचारका लागि जनप्रतिनिधि र विभिन्न संधसंस्था तथा स्थानीय युवाहरुको सक्रियतामा रकम संकलन गरेर उपचारका लागि विराटनगर स्थित कोशी अस्पतालमा उपचारका लागि लगेको भए पनि उनको लिभर खराव भएको हुनाले डाक्टरको सल्लाह अनुसार उनको उपचार अब नहु नसक्ने जानकारी गराए पछि अहिले उनको घरमा रुवाबासी  चलिरहेको छ। 

उनको एक बर्ष अगाडि अरुको टेम्पु भाडामा लिएर आफ्नो पाँच परिवार पालनपोषण गर्दे आईरहेता पनि जब उनी बिरामी भए पछि उनको परिवारमा दुई छाक टार्ने समेत समस्या परेको छ । केही दिनका लागि सुनर्सी अभियान तथा विभिन्न संस्थाले उक्त परिवारलाई खाधन्य समेत वितरण गरेको थियो । 

श्रीमान बिरामी परेर मृत्युको मुखमा छट्पटी रहेको हुनाले उनको श्रीमती कमला  साह (परियार) अहिले श्रीमानको अगाडि बसेर रोई रहेकी छिन् । उनको १२ बर्षीय छोरी, १० बर्षीय छोरी र ८ बर्षीय छोरा बाबाको अगाडि बसेर रोइ रहेका छन।

कमलाले भनिन् अब श्रीमानको अवस्था नाजुक भएको हुनाले अब छोरा छारीहरुलाई कसरी पालनपोषण गर्ने ? उच्च शिक्षा कसरी दिनु भन्दै बिलौना पोखि रहेकी छिन् । उनले भनिन एउटा कोठा समेत भाडामा मासिक एक हजार रुपैयाँ तिरेर बस्दै आईरहेता पनि अब कोठा भाडा  कसरी तिर्नु भन्दै चिन्तित रहेकी छिन् । श्रीमानको उपचारका लागि उनले ८० हजार रुपैयाँ ऋण लिएर श्रीमानको उपचार गरेता पनि उनको श्रीमानको रोग भने निको भएन। 

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...