News Portal

सवारी अनुमतिपत्र नवीकरण गर्दा निषेधाज्ञाको जरिमाना मिनाहा

हिमालीसंचार संवाददाता
६७३ पटक

काठमाडौं।
सरकारले कोरोना नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञा समय सवारी चालक अनुमतिपत्रको म्याद सकिएकाको हकमा पनि जरिमाना लिन थालेको छ। निषेधाज्ञामा सर्वसाधरणलाई अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन प्रतिबन्ध गरेको सरकारले अहिले आएर सो समय म्याद सकिएका सवारी चालक अनुमतिपत्रको हकमा जरिमाना छुट गरेको छैन।

बाग्मती प्रदेशअन्तर्गत यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, ललितपुरले मंगलबार सूचना जारी गर्दै अनुमतिपत्र नवीकरण, ट्रायल पास, राजस्व संकलन, सवारी चालक अनुमतिपत्र वितरण कार्य सुरु गरेको छ।

कार्यालयले सूचनामा नै निषेधाज्ञा अवधिमा सवारी चालक अनुमतिपत्रको अन्तिम म्याद सकेर जरिमाना लागेको भए जरिमाना छुटसम्बन्धी कुनै निर्णय नभइञ्जेल नियमानुसार जरिमाना लिई नवीकरण गरिने उल्लेख गरेको छ।

निषेधाज्ञाको ५४ दिनपछि अन्य यातायात कार्यालयले सेवा पुनः सुरु गरेका छन्। तर, उनीहरूले पनि निषेधाज्ञा अवधिको छुट व्यवस्था गरेका छैनन्। सबै कार्यालयले छुटसम्बन्धी कुनै व्यवस्था नभएको भन्दै निषेधाज्ञा अवधि छुट लिन थालेका हुन्। सम्बन्धित मन्त्रालय तथा विभागले समेत यसमा कुनै निर्णय गरेका छैनन्।

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, ठुलो भर्याङले मंगलबारदेखि सेवा सुरु गरेको छ। सो कार्यालयले सवारी चालक अनुमतिपत्र नवीरकणका लागि ७०, ट्रायल परीक्षा उत्तीर्ण परीक्षार्थीको राजस्व कोटा ७०, सवारीचालक अनुमतिपत्र वितरण २ सय कोटा निर्धारण गरेको छ।

ललितपुर कार्यालयले अनुमतिपत्र नवीकरणका लागि सय, ट्रायल पास राजस्व संकलनका लािग सय र सवारी चालक अनुमतिपत्र वितरण कालागि दुई सय कोटा निर्धारण गरेर शुक्रबारदेखि सेवा सुरु गर्ने जनाएको छ।

सरकारले गत १६ वैशाखदेखि जारी निषेधाज्ञा सोमबारदेखि खुकुलो बनाइएको हो। सोमबारदेखि नै सरकारले निजी सवारी साधनलाई जोरबिजोर प्रणालीमा खुल्ला गरेको छ। सार्वजनिक यातायात भने अझै खुलेको छैन।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...