News Portal

सुनवर्सीका युवाद्वारा सर्वसाधरण तथा निम्न वर्गका परिवारलाई खाद्यान्न लगायद अन्य सामाग्री सहयोग

हिमालीसंचार संवाददाता
४६६ पटक

रबिन्द्र बराल/मोरङ -मोरङको सुनवर्सी नगरपालिकामा स्थापना भएको सुनवर्सी सहयोग अभियानले  सरकारद्वारा जारी गरेको निषेधाज्ञाले गर्दा काम नापाएर समस्यामा परेका परिवारलाई   खाद्यान्न सहयोग गरेको छ ।

अभियानले हालसम्म १ सय २७ परिवारलाई खाद्यान्न सामग्री वितरण गरि सकेको सहयोग अभियानका ईन्जिनियर कमलेश्वर ठाकुरले बताए । अतिबिपन्न घरपरिवारलाई लकडाउनले गर्दा उनीहरुको बिहान बेलुका हातमुख जोड्न समेत समस्या परेको  जानकारी पाएपछि सहयोग अभियान सुरु गरेका थिए । 

उनीहरुले सुनवर्सी नगर भित्र मातेर नभएर रंगेली, रतुवामाई, कानेपोखरी र धनपालथान लगायका स्थानमा सर्वसाधरणलाई खाधान्न समस्यामा परेको जानकारी पाउन साथ मनकारी युवाहरुको समुहले “तपाईसंगै हामी सुनवर्सी सहयोग अभियान” नारा सहित अभियान संचालन गरी घर–घरमा गएर खाधान्न तथा स्वास्थ्य सामाग्री पुर्याएर सहयोग गरिरहेका छन् ।

उक्त कार्यक्रममा युवा समाजसेवी ईन्जिनियर कमलेश्वर ठाकुर, पत्रकार बीरेन्द्रकुमार साह, युवा अभियन्ता धिरेन्द्र साह र सन्तोष बास्तोला लगायतका सयुक्त टोलीले अभियान संचालन गरेका थिए । सहयोगका लागि देश तथा विदेशमा रहेका युवादेखि नेताहरु समेत अभियानलाई करिब ३ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेका थिए । 

अभियान कर्ताहरुले एक गरिव परिवारलाई ९ हजार ६ सय बराबरको घरको लागि जस्ता पाता समेत हस्तान्तरण गरेको थिए । हाल सम्म २ लाख १७ हजारको खाद्यान्न वितरण गरेको र बाँकी रहेको रकम भने पुनःबिपन्न, गरिब तथा फरक क्षमता भएका ब्यक्ति, एकल महिला लगायत समस्यामा परेका ब्यक्तिहरुलाई   खाधान्न सामाग्री सहयोग गर्ने अभियन्ता ईन्जिनियर कमलेश्वर ठाकुरले हिमालीसंचार डटकमसंग बताए ।

प्रतिकृया दिनुहोस्

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...