News Portal

सुनवर्सीका युवाद्वारा सर्वसाधरण तथा निम्न वर्गका परिवारलाई खाद्यान्न लगायद अन्य सामाग्री सहयोग

हिमालीसंचार संवाददाता
४५२ पटक

रबिन्द्र बराल/मोरङ -मोरङको सुनवर्सी नगरपालिकामा स्थापना भएको सुनवर्सी सहयोग अभियानले  सरकारद्वारा जारी गरेको निषेधाज्ञाले गर्दा काम नापाएर समस्यामा परेका परिवारलाई   खाद्यान्न सहयोग गरेको छ ।

अभियानले हालसम्म १ सय २७ परिवारलाई खाद्यान्न सामग्री वितरण गरि सकेको सहयोग अभियानका ईन्जिनियर कमलेश्वर ठाकुरले बताए । अतिबिपन्न घरपरिवारलाई लकडाउनले गर्दा उनीहरुको बिहान बेलुका हातमुख जोड्न समेत समस्या परेको  जानकारी पाएपछि सहयोग अभियान सुरु गरेका थिए । 

उनीहरुले सुनवर्सी नगर भित्र मातेर नभएर रंगेली, रतुवामाई, कानेपोखरी र धनपालथान लगायका स्थानमा सर्वसाधरणलाई खाधान्न समस्यामा परेको जानकारी पाउन साथ मनकारी युवाहरुको समुहले “तपाईसंगै हामी सुनवर्सी सहयोग अभियान” नारा सहित अभियान संचालन गरी घर–घरमा गएर खाधान्न तथा स्वास्थ्य सामाग्री पुर्याएर सहयोग गरिरहेका छन् ।

उक्त कार्यक्रममा युवा समाजसेवी ईन्जिनियर कमलेश्वर ठाकुर, पत्रकार बीरेन्द्रकुमार साह, युवा अभियन्ता धिरेन्द्र साह र सन्तोष बास्तोला लगायतका सयुक्त टोलीले अभियान संचालन गरेका थिए । सहयोगका लागि देश तथा विदेशमा रहेका युवादेखि नेताहरु समेत अभियानलाई करिब ३ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेका थिए । 

अभियान कर्ताहरुले एक गरिव परिवारलाई ९ हजार ६ सय बराबरको घरको लागि जस्ता पाता समेत हस्तान्तरण गरेको थिए । हाल सम्म २ लाख १७ हजारको खाद्यान्न वितरण गरेको र बाँकी रहेको रकम भने पुनःबिपन्न, गरिब तथा फरक क्षमता भएका ब्यक्ति, एकल महिला लगायत समस्यामा परेका ब्यक्तिहरुलाई   खाधान्न सामाग्री सहयोग गर्ने अभियन्ता ईन्जिनियर कमलेश्वर ठाकुरले हिमालीसंचार डटकमसंग बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...