News Portal

कुवेतमा रहेका ओखल्ढुङ्गेलीद्वारा स्वास्थ्य सामाग्रीमा सहयोग

हिमालीसंचार संवाददाता
४२७ पटक

कुवेत– विश्वव्यापी महामारी कोभिड विरुद्ध लड्नको लागि स्वास्थ्य सामाग्री सहयोग गर्न प्रवासमा रहेका ओखल्ढुङ्गेली जुट्ने क्रममा कुवेतमा रहेका ओखल्ढुङ्गेलीले पनि जन्मथलोलाई सहयोग जुटाएको छन् ।

बेलायतमा रहेका शिवजी श्रेष्ठको संयोजकत्वमा “विश्वव्यापी ओखल्ढुङ्गेली सञ्जाल” गठन गरी रोजगार तथा विभिन्न पेशा व्यावसायमा देश भन्दा बाहिर रहेका ओखल्ढुङ्गेलीले कोभिड महामारी विरुद्ध लड्नको लागि विभिन्न स्वास्थ्य सामाग्री आफ्नो जन्मथलोलाई सहयोग गर्न जुटेको थियो ।

यही सञ्जाल मार्फत रोजगारको लागि कुवेतमा रहेका ओखल्ढुङ्गा जिल्ला घर भएका दाजुभाई तथा दिदि बहिनिलाई “ओखल्ढुङ्गेली अन्तरराष्ट्रिय सञ्जाल कोभिड -१९ जिल्ला व्यावस्थापन सहयोगार्थ अभियान” मार्फत जोडिनको लागि श्याम पराजुलीको कुवेत संयोजकत्वमा सहयोग संकलन अभियान मार्फत करिब नेपाली (५८७५४/- ) अनठाउन्न हजार सात सय चौन्न रुपैया संकलन गरिएको छ । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले नेपालीलाई विदेशमा पनि उत्तिकै आक्रान्त पारी नै रहेको छ। यस्तो कठिन घडीमा पनि आफ्नो गाँस कटाएर सहयोग गर्नु हुने सहयोगी मनहरुलाई संयोजक पराजुलीले धन्यावाद दिएका छन्।

ओखल्ढुङ्गेली कोभिड -१९ विरुद्ध लड्ने संयुक्त आफ्नो जन्मथलो बचाउने अभियानमा कुवेतका ओखल्ढुङ्गेली मनहरु जोडिएको संयोजक श्याममा पराजुलीले धन्यवाद दिँदै भन्नु भयो “विश्वभर छरिएर रहेका ओखल्ढुङ्गेलीले ओखल्ढुङ्गा सेवा समाज गठन गरी सामाजिक कार्यमा क्रियाशिल रहेको अवस्था छ् भने कुवेतमा संगठित भएको छैन । तर यस महामारीमा यसरी सहयोग जुट्दा र संगठित हुन पाउदा खुशी लागेको बताउनु भयो । साथै कुवेतका जुन सुकै स्थानमा भएपनि ओखल्ढुङ्गा जिल्ला बासीहरु छुटेका अवस्थामा सम्पर्क गर्न सक्ने पनि बताए ।
संकलित सहयोगको विवरण नामावाली सहित

१- श्याम पराजुली कटुन्जे २५ केडी
२- भिमबहादुर थापामगर मानेभञ्ज्याङ् २० केडी
३- बिष्णुबहादुर पुलामीमगर मानेभञ्ज्याङ् १५ केडी
४- डमिन्द्र प्रसाद ओझा १० केडी
५- कुमारी पुलामीमगर १० केडी
६- बिष्णुमाया पुलामीमगर १० केडी
७- रितुराज पराजुली ५ केडी
८- दिपक पौडेल टारकेराबरी ५ केडी
९- कुमार गिरी बुङ्नाम ५ केडी
१०- के.पी अधिकारी ११ केडी
११-आकाश शेर्पा सिद्धिचरण ११ अल्ले. ५ केडी
१२- रामबहादुर थापामगर २० केडी
१३- सन्तोष ठटाल रुम्जाटार ५ केडी
१४- दिनेश गुरुङ सल्लेरी बेतिनी ५ केडी

 

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...