News Portal

  • नेपाल एसोसिएसन युएइद्वारा सदस्यता वितरण सुरु

    हिमालीसंचार संवाददाता
    ५३० पटक

    अबुधाबी।
    युएइमा त्यहाको कानुन अनुरुप दर्ता भएको सामाजिक संस्था ” नेपाल एसोसिएसन” (दुबई लाइसेन्स नम्बर: १०९) ले यहि २१ जून २०२१ देखी सदस्यता खुल्ला गरेको छ। कामको शिलशिलामा युएइमा रहेका नेपालीहरुलाइ आपत-बिपत अनि अन्य समयमा जानकारीमुलक साथ र समर्थन अनि सहयोग गर्ने उद्धेश्य अनुरुप कार्यरत रहेको यस संस्थाले २ बर्षको अवधि सहितको सदस्यता खुल्ला गरेको बताएको छ।

    कोरोना महामारीका कारण एउटा इमिरेट्स देखि दुतावास भएको इमिरेट्स सम्म जनालाइ पिसिआर (PCR) रिपोर्ट अनि चर्को यातायात भाडाको मारबाट जोगाउन उक्त संस्थाले नेपाली राजदुतावाससंगको समन्वय गरिकन हाल सहयोग गर्दै आइराखेको छ।

    साथै, उक्त संस्था कम्युनिटी डेभलप्मेण्ट अथोरिटी- दुबई, युएइ अन्तर्गत युएइमा रहेको नेपाली समुदायलाइ जिम्मेवार प्रवासी बनाउने लक्ष्य राखेर १८ डिसेम्बर २०१९ दर्ता भएको हो।

    यो संस्थाले आफ्नो भिजन यस्तो राखेको छ:
    To be a pioneer partner of community development in UAE by providing innovative communal support.

    निम्न मिसन पनि राखेको छ:
    -To establish and provide long term service for Nepalese community to improve their quality of life in UAE.
    -To help the Nepalese community to enhance their cultural quotient.
    – To secure the best environment, lifestyle, and support personal development.

    नेपाल एसोसिएसनले आफ्नो सदस्य बने बापत आफ्ना सदस्यहरुलाइ संस्थागत रुपमै थोरै नै सहि बेनिफिट (फाइदा) पनि दिने भएको छ। संस्थाद्वारा जारि बिज्ञप्तिमा अनलाइननै आबेदन दिन सकिने पनि जानकारी गराइएको छ।

    साथै, फारम डाउनलोड गरि भरेर बुझाउन पनि सकिने र बिस्तृत जानकारीको लागि तल दिईएका मोबाइल नम्बरहरुमा सम्पर्क गर्न सकिने छ।
    १) +९७१५२८८४१५९१
    २) +९७१५४५३३७५५७
    ३) +९७१५२६६७०७७४

    फेसबुक पेजमा हेर्न यहाँ क्लिक गर्नुहोस्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    तीजमा पशुपतिनाथका सबै ढोका खुला, दर्शन र सुरक्षामा विशेष व्यवस्था

    काठमाडौं, भदौ ८ – हरितालिका तीजको अवसरमा पशुपति क्षेत्र विकास कोषले भक्तजनलाई सहज रूपमा मन्दिर...

    बजार जान निस्केकी रुबी सुटकेसभित्र मृत भेटिइन्, आमासँगको अन्तिम संवाद यस्तो

    रौतहट, भदौ ८ – माधव नारायण नगरपालिका–२ कि २६ वर्षीया रुबीकुमारी साह शनिबार साँझ बजार...

    महेन्द्रनगरका विपिन जोशीकी आमा–बहिनीले राष्ट्रपति पौडेलसँग भेटे

    काठमाडौँ, भदौ ८ – प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विद्यार्थी विपिन जोशीको रिहाइको माग...

    स्काइ ड्रिम इन्टरप्रेनर्सका संचालक र कर्मचारी पुर्पक्षका लागि थुनामा

    सुर्खेत, भदौ ८ – सुर्खेतमा अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गरेको आरोपमा *स्काइ ड्रिम इन्टरप्रेनर्स प्रा.लि.*का...

    रौतहटमा सुटकेसभित्र मृत भेटिएकी महिलाको सनाखत

    रौतहट, भदौ ८ – रौतहटको गौर नगरपालिका–९ मुडवालगेटस्थित सडक किनारमा फेला परेको सुटकेसभित्र मृत भेटिएकी...