News Portal

शिल्पी संघ नेपाल-कुवेतले सहयोग गर्यो ५६ हजार बराबरको राहत सामग्री, पत्रकार चन्दद्वारा वितरण !

हिमालीसंचार संवाददाता
६६८ पटक

कुवेत सिटी।
कुवेतमा रहेका प्रवासी नेपालीहरुको संस्था शिल्पी संघ नेपाल-कुवेतले कोरोना महामारीका कारण जारी निषेधाज्ञामा समस्यामा परेका १६ अशक्तसहित १८ परिवारलाई खाद्यान्न उपलब्ध गराएको छ। शिल्पी संघले पठाएको करिब ५६ हजार बराबरको राहत सामग्री संचारकेन्द्र डटकम र लाइन्स क्लब अफ काठमाडाैंको संयुक्त टीमले मंगलबार भक्तपुरका बिभिन्न ठाँउमा रहेका १६ परिवारहरुलाई घरमै पुगेर हस्तान्तरण गरेको हो।

संचारकेन्द्रडटकमकी कार्यकारी सम्पादक दिया चन्द नेतृत्वको टोलीले १५ बोरा चामल, २५ केजी दाल, २० लिटर तेल र १५ केजी नुनलगायतका सामाग्रीहरु पिडित परिवारको घरमै पुगेर हस्तान्तरण गरेको हो।

त्यस्तै मंगलबार नै काठमाडाैंको सिनामंगलमा रहेका २ जना मजदुर परिवारलाई पनि ५० केजी चामल, ७ केजी दाल, ५ लिटर तेल तथा नुनलगायतका सामाग्री समेत हस्तान्तरण गरिएको छ। अन्य पिडित तथा अशक्त परिवारलाई बाकि राहत सामाग्री एक, दुई दिनमै वितरण गरिने सम्पादक चन्दले जानकारी दिइन।

शिल्पी संघ नेपाल-कुवेतका अध्यक्ष ईश्वर परियारले संकटको घडीमा दुई छाक टार्न समस्यामा परेका नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई आफुहरुले सक्दो सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे। ‘यतिबेला कोरोनाका कारण जताततै लकडाउन र निषेधाज्ञा छ, दैनिक ज्यालादारी गरेर जिविकापर्जन गर्दै आउनुभएका मजदुरहरु ठुलो संकटमा हुनुहुन्छ, उहाँहरुलाई थोरै भए पनि सहयोग गरौ भनेर हामीले यो राहत सामाग्री पठाएका हौं’ संघका अध्यक्ष परियारले भने।

त्यस्तै, शिल्पी संघ नेपाल-कुवेतका प्रथम उपाध्यक्ष ज्ञान बहादुर गजमेरले पनि यस्तो समस्यामा परेका नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई मानवियताको नाताले आफुहरुले सहयोग गर्न पाउँदा खुशी लागेको बताए।

सन् २०१७ मा स्थापना भएको शिल्पी संघ नेपाल-कुवेतले बिगतदेखि नै यसप्रकारको सहयोग गर्दै आएको छ। मंगलबारको राहत वितरण कार्यक्रमको सहजीकरण लाइन्स क्लब अफ काठमाडाैंले गरेको थियो।

प्रतिकृया दिनुहोस्

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...

बिदाइ भेटमा चिनियाँ राजदूतको भनाइ: जनस्तर बलियो, आर्थिक सहकार्य कमजोर

काठमाडौं, पुष ६ – नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले प्रतिनिधि सभाका सभामुख...

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...