News Portal

  • कांग्रेस सांसदले धम्काएपछि इन्स्पेक्टरले भने- श्याम थापा मगर है, बैदाममा कार्यरत छु!

    हिमालीसंचार संवाददाता
    ६८५ पटक

    काठमाण्डौ – नेपाली कांग्रेसका गण्डकी प्रदेशसभा सांसदले प्रहरीलाई धम्काएको भिडियो शनिबार साँझदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा सांसद मेखलाल श्रेष्ठ र प्रहरी इन्स्पेक्टर श्याम थापा मगरबीच भनाभन भएको देखिन्छ।

    सांसद श्रेष्ठ ‘केपी सिस्टम छ, यति तानाशाह छ’ भन्दै प्रहरी इन्स्पेक्टरतिर फर्कन्छन् र चोरी औंला देखाउँदै भन्छन्, ‘तपाईंको हिसाबकिताब हुन्छ के।’ उनले हिसाबकिताब हुन्छ भनेपछि इन्स्पेक्टर जवाफ दिन्छन्, ‘हुन्छ हुन्छ, श्याम थापा मगर है, बैदाममा कार्यरत छु।’ त्यसपछि इन्सपेक्टरलाई सांसद श्रेष्ठ फेरि भन्छन्, ‘फुर्ती नछाटम्।, ‘फुर्ती छाटेको होइन सर, तपाईंले हिसाबकिताब भन्नुभयो नि,’ छातीमा टाँसिएको आफ्नो नेमप्लेट देखाउँदै इन्स्पेक्टर भन्छन्, ‘श्याम थापा मगर है।’

    प्रस्तुत संवाद भएको भिडियो शनिबार पोखरास्थित प्रदेश प्रमुखको निवास अगाडी खिचिएको हो । संवादमा सांसद श्रेष्ठले प्रहरी इन्स्पेक्टर श्यामलाई धम्काएको देखिन्छ भने इन्स्पेक्टरले प्रतिवाद गरेका छन्। 

    श्रेष्ठ नेपाली कांग्रेसका समानुपातिक सांसद हुन्। नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको मन्त्रिपरिषदमा उनलाई पनि मन्त्री बनाउने तयारी छ।

    थापा मगर भने पोखराको बैदाममा चार महिनाअघि मात्रै आएका इन्स्पेक्टर हुन्। पोखराको लेकसाइडस्थित यस कार्यालयलाई पोखराका सहरी क्षेत्रमा शान्ति सुरक्षाको जिम्मेवारी छ। शनिबार प्रदेश प्रमुखको निवासमा सुरक्षामा खटिँदा सांसद श्रेष्ठसँग उनको भनाभन भएको हो। 

    प्रदेश प्रमुख सीताकुमारी पौडेलले नयाँ सरकारको दाबी गर्न दिएको समयसीमा शनिबार दिउँसो ३ बजे सकिएको थियो। मुख्यमन्त्री दाबी गरेका कांग्रेससहित चार दल र स्वतन्त्र सांसद दीपक मनाङे प्रदेश प्रमुखको निवासअगाडि धर्ना दिन पुगे। सांसद श्रेष्ठसहित केही कांग्रेस सांसद प्रदेश प्रमुखको निवासमा छिर्न खोजे, तर प्रहरीले दिएन। प्रदेश प्रमुखको निवासमा कसैलाई छिर्न नदिन आदेश भएकाले सांसदलाई पनि छिर्न नदिएको प्रहरी अधिकारीहरूको भनाइ छ।

    कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमाल र प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी चिनिमाया तामाङले सांसदहरूलाई सम्झाइबुझाइ गरेका थिए। डिएसपी हमालले सांसदहरूलाई आश्वस्त पार्दै भने, ‘हामीलाई आदेश छैन सर, तपाईंहरूले बुझिदिनुपर्‍यो।’

    त्यसपछि कांग्रेस गठबन्धनका सांसद गेटअगाडि धर्ना बसेका थिए।

    इन्स्पेक्टर श्यामलाई सांसदले थर्काएको भिडियो भाइरल भएको आफूले पनि देखेको प्रवक्ता हमालले बताए। ‘माननीयज्यूले किन थर्काउनुभयो, थाहा भएन,’ उनले भने, ‘माननीयज्यूले हिसाबकिताब हुन्छ भन्नुभयो, इन्स्पेक्टरले जवाफ दिनुभएको हो, सामान्य भनाभन हो।’ इन्स्पेक्टरलाई थर्काएका सांसद श्रेष्ठले भने प्रहरी अधिकृतको ‘मान्यसँग बोल्ने तरिका’ नभएको बताए।

    ‘मान्य (माननीय) को बोली नराम्रो छ कि राष्ट्रसेवक कर्मचारीले मान्यसँग बोल्ने शैली नराम्रो छ त्यो हेरिदिनुपर्‍यो,’ उनले भने, ‘सांसद श्रेष्ठले नजिकै नातेदारको घरमा गएर पिसाब फेरेर फर्किँदा प्रहरीले आफूलाई धर्नामा जान नदिएको दाबी गरे। उनले भने, ‘धर्नामा बसेका छौं, नारा जुलुसमा। उसले छेक्न हुन्न नि माननीय भनेपछि। त्यसले जान दिएन। हात हालेको छैन। बढी हुने होइन, हिसाबकिताब राखेको छु भनेकै हो। पुलिसले मान्यलाई त्यसो भन्ने हो? मान्यसँग बोल्ने तरिका त्यही हो?’ 

    सांसद भएर प्रहरीलाई यसरी थर्काउन मिल्छ भन्ने प्रश्नमा श्रेष्ठले उक्त घटना सामान्य नै भएको बताए। ‘जुलुस, नारामा को के बोल्छ, त्यो त भइहाल्छ, मैले नर्मल मानेको छु,’ उनले भने, ‘लोकतन्त्रमा बोल्न पाइन्छ, कुन परिस्थितिमा भएको त्यसलाई सत्यतथ्य रूपमा हेर्नुपर्‍यो।’ 

    कास्की प्रहरी प्रवक्ता डिएसपी हमालले शान्ति सुरक्षा दिने आफूहरूको कर्तव्य भएको र शनिबार पनि त्यही गरेको बताए। ‘प्रदेश प्रमुखको ठाउँमा कुन पार्टीको भन्दा पनि हाम्रो काम त शान्ति सुरक्षा दिने हो, ओदश पालना गर्ने हो,’ हमालले भने, ‘मुख्यमन्त्री जुनसुकै दलका आए पनि हाम्रो काम त सुरक्षा दिने नै हो नि, त्यसरी सोच्नुपर्छ।’

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    नेकपा एसमा विलीन हुँदै वामदेव, साउन २ मा राष्ट्रिय सभा गृहबाट एकताको घोषणा हुने

    काठमाडौं, असार २७ – नेकपा एमालेका पूर्व उपाध्यक्ष तथा नेकपा एकता राष्ट्रिय अभियानका अगुवा नेता...

    एनआरएनए अष्ट्रेलियाले सदस्यता वितरण प्रक्रिया पुनः सुरु गर्ने

    काठमाडौँ, असार २७  — गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले समावेशी र एकताबद्ध संगठन निर्माणका लागि...

    गण्डकीमा गुरुङ–मगर भाषालाई मान्यता, कोशीमा दीप प्रज्वलन गर्दै खुसी साटासाट

    इटहरी, असार २७ — गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजी भाषाको मान्यता दिने...

    अर्घाखाँचीमा मदिराले मात्तिएको छोराको निर्मम कर्म : बाबुको हत्या गरेर मलखातामा गाडियो

    अर्घाखाँची, असार २७ — सामान्य घरायसी विवादले बिघटनको रुप लिँदै जाँदा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१२ डिभर्ना...

    आज २०८२ साल असार २७ गतेको राशिफल

    आज असार २७, २०८२ (जुलाई ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...