News Portal

मेचीकाली सामुहिक बचत कोषद्वारा आगलागी पीडित शान्ति राईलाई सहयोग

हिमालीसंचार संवाददाता
३७६ पटक

कुवेत – कुवेतमा कार्यरत श्रमिकहरूको साझा समुह मेचीकाली सामुहिक बचत कोषले समुहमा आवद्ध आगलागी पीडित शान्ति राइलाई नेपाली रूपैयाँ ७४ हजार भन्दा बढिको आर्थिक सहयोग गरेको छ । अहिले सटही दरमा हुन आउने उक्त रकम बराबरको १९४ कुवेती दिनार कोषले सहयोग गरेको हो । उक्त रकम मध्ये कोषबाट ५० केडि र कोषमा आवद्ध तथा अन्य सहयोगीहरूको तर्फबाट १४४ कुवेती दिनार जम्मा गरि हिँजो पीडित राइलाइ हस्तान्तरण गरिएको हो ।

लामो समयदेखि कुवेतमा कार्यरत शान्ति राइको घनकुटा जिल्ला, चौबिसे गाउँपालिका वडा नं. ५ स्थित घर गत बैशाख १ गते वन डंढेलोको कारण भएको आगलागीमा परेर जलेर नष्ट भएको थियो भने घरमा भएको अनाज तथा श्री सम्पती सबै जलेर खरानी भएको थियो । परिवारको हर्ताकर्ताको रूपमा रहेर पारिवारिक गुजारा चलाइरहेकी शान्ति राइ कोरोना महामारीको कारण घर जान पनि नपाएको अबस्थामा बस्ने बासस्थान नै जलेर नष्ट भएको र घरायसी आर्थिक अबस्था समेत कमजोर रहेको उक्त परिवारको पीडामा थोरै भने पनि मलहम लगाउन सकियोस भन्ने हेतुले मेचीकाली सामुहिक बचत कोषले उक्त सहयोग गरेको हो ।

पीडितको स्थायी बसोबास भएको उक्त घर जलेर नष्ट हुँदा बृद्ध अबस्थाका बाबु आमाको ओत लाग्ने समेत ठाउँ नभएको यस विषम् परिस्थितिमा संस्थागत बाहेक व्यक्तिगत रूपमा सहयोग गर्ने दाताहरूको नाम यस प्रकार रहेको छः

१. राजन श्रेष्ठ – ५ केडि
२जीवन कुमार बि. क. – ५ केडि
३.जिवन सुनार – ५ केडि
४.सत्य सुवाल – ५ केडि
५.मनिष केसी – ५ केडि
६.माधब पौडेल – ५ केडि
७. कृष्ण सुनार – ५ केडि
८. हितकाजी चन्द्र गौतम – ५ केडि
९. हर्क बस्नेत -२ केडि
१०.सन्जय कुमार – २ केडि
११. इलाज श्रेष्ठ – २ केडि
१२. रूवी तामाङ – २ केडि
१३. पार्वती बन्जारा – ३ केडि
१४. ललिता थापा – ५ केडि
२५. नारायण श्रेष्ठ – ५ केडि
१६. लक्ष्मी देवी गोमजेन – २ केडि
१७. असली माया तामाङ – २ केडि
१८. आशा थापा – २ केडि
१९. मिलन तामाङ – ५ केडि
२०. प्रदिप महतो – २ केडि
२१. सुजन केसि – ५ केडि
२२. आनन्द आचार्य – ५ केडि
२३. अरूण श्रेष्ठ – २ केडि
२४.बिमला पण्डित – ५ केडि
२५. बिष्णु मागर – १० केडि
२६. सुवर्ण दाहाल – ५ केडि
२७. देवी गुरूङ – ५ केडि
२८. सुविता तामाङ – २ केडि
२९. सुनिता तामाङ – २ केडि
३०. तुलसी घर्ती – १ केडि
३१. मित्रभक्त आचार्य – २ केडि
३२. सुनिता आले तामाङ – ५ केडि
३३. लोमस बास्तोला – ५ केडि
३४. ध्रुब श्रेष्ठ – ५ केडि
३५. दलसिंह चौधरी – १ केडि
३६. अमेम्बर राइ – ५ केडि
३७. नबराज – ५ केडि

कुवेतमा कार्यरत पूर्व मेची देखि पश्चिम महाकाली सम्मका जुनसुकै नेपाली श्रमिक आवद्ध हुन सकिने मेचीकाली सामुहिक बचत कोष विगत १ दशक भन्दा लामो समयदेखि कुवेतमा कृयाशिल छ भने यसमा कोषमा आवद्ध सदस्यहरूको आर्थिक उन्नतीको लागि सामुहिक बचत कार्यक्रम संचालन गरि कोषमा आवद्ध सदस्यहरूबाट संकलित रकमलाइ सदस्यहरूको सेवार्थ लगाइ रहेको छ । प्रवासको श्रमिक दैनिकीमा मासिक कमाइले मात्रै आँटे ताकेको काम बन्न नसक्ने अबस्थामा सदस्यहरूले कोषबाट सापटी रकम लिएर आफ्नो गर्जो टार्न सक्दछन् भने सापटी रकम विस्तारै तिर्न पनि सकिने भएकोले यस कोषमा आवद्ध हुनेहरूको संख्या दिनानुदिन बढ्दो छ ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...