News Portal

  • गैर आवासीय नेपाली संघ मकाउले स्वास्थ्या सामाग्री नेपाल पठायो, एक हप्ता भित्र नेपाल पुग्ने

    “मकाउमा संगठीत विभिन्न संघ संस्थाको सहयोग र समन्वयमा आर्थिक रकम संकलन गरिएको हो”

    हिमालीसंचार संवाददाता
    ५२४ पटक

    मकाउ  – गैरआवासीय नेपाली संघ मकाउको अनुरोध र पहलमा मकाउमा कार्यरत नेपाली सहयोगी व्यक्तित्व एवम् मकाउमा संगठीत विभिन्न संघ संस्थाको समन्वय र सहकार्यमा कोभिड-१९ नियन्त्रण तथा व्याबस्थापनका लागि आर्थिक रकम संकलन गरी ५ थान अक्सिजन कन्टसन्टेटर खरिद गरी नेपाल पठाएको छ।

    मकाउमा कार्यरत नेपाली सहयोगी व्यक्तित्व एवम् मकाउमा संगठीत संधसंस्थाहरुको समन्वय र सहकार्यमा संकलित रकमले स्वास्थ्या सामाग्री खरिद गरि नेपाल पठाईएको गैर आवासीय नेपाली संधका अध्यक्ष पूर्ण बहादुर गुरुङले जानकारी दिए । 

    मकाउबाट ५ थान अक्सिजन कन्सन्टेटर स्वास्थ्य सामाग्री खरिद गरी नेपाल पठाईएको एक हप्तापछि नेपाल पुग्ने छ। उक्त स्वास्थ्या सामाग्री एनआरएन कोभिड-१९ हाई कमिटी मार्फत संधको केन्द्रिय कार्यालयले वितरण गर्ने समेत संधका अध्यक्ष गुरुङले जानकारी दिए । 

    मकाउबाट स्वास्थ्या सामाग्री खरिद गर्न आर्थिक सहयोग संकलन र समन्वयका लागि “गुरुङ तमु समाज मकाउ, शेर्पा समाज मकाउ, मगर संघ मकाउ, तामाङ धेदुङ संघ मकाउ, किरात राई यायोक्खा मकाउ, गैर आवासीय नेपाली संघ मकाउ र जग्गी कल्ब मकाउबाट संकलित रकमले स्वास्थ्य सामाग्री खरिद गरी नेपाल पठाएको हो।

    स्वास्थ्या सामाग्री खरिद गरी बाकी रहेको बचत रकमले एनआरएन केन्द्रिय संघले प्रदेशमा निर्माण गर्न लागेको अक्सिजन प्लान्टमा सहयोग एवम् मकाउको सहयोगी मानुभावहरुको तर्फबाट उक्त परियोजनामा सहभागिता रहने संघको अध्यक्ष पूर्ण बहादुर गुरुङले जाकारी दिए। 

    मकाउबाट आर्थिक सहयोग संकलन अभियानमा सहयोग गर्नु हुने सहयोगी मानुभावहरु, संधसंस्था सबैमा हार्दिक कृतज्ञता सहित धन्याबाद दिदै अझै आर्थिक सहयोग गर्न सहभागिता जनाउन चाहानु हुने मानुभावहरुले संधको कार्यालय बारा स्थित मकाउमा सम्पर्क गर्न सक्नु हुने समेत हिमालीसंचारसंगको कुराकानीमा संघका अध्यक्ष पूर्ण बहादुर गुरुङले बताए । 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    अमेरिकाभरिका १०० प्रभावशाली एआई नेताहरूको सूचीमा युवा बैंकर प्रवेश रिजाल

    न्यूयोर्क। क्रस रिभर बैङ्कका प्रमुख डेटा तथा कृत्रिम बौद्धिकता (एआई) अधिकृत प्रवेश रिजाललाई अमेरिकाभरिका १००...

    एनआरएनएको पहलमा युएईस्थित दूतावासमा एआई च्याटबट र कल सेन्टर छिट्टै सुरु हुने

    काठमाडौँ। विदेशस्थित नेपाली दूतावासहरूमा फोन नउठ्ने र समयमा आवश्यक जानकारी नपाइने भन्ने गुनासो सुनिएको सन्दर्भमा...

    एनजिओ चलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग जोडिए कसरी ?

    काठमाण्डौ। नेकपा एमालेका ललितपुर जिल्ला कमिटीका अध्यक्ष पुरुषोत्तम आचार्य पार्टीको ९ औँ जिल्ला अधिवेसनबाट दोस्रो...

    डिजिटल युगमा ढिलाइ गर्न नहुने देउवाको चेतावनी : एआई अबको आवश्यकता हो

    काठमाडौं, साउन ११ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल अब डिजिटल युगको ढोकामा उभिएको...

    कोशीका वनमन्त्री मण्डलको स्पष्टोक्ति : ‘खाँदै नखाएको विषले जिउँदै मार्‍यो’, घुस प्रकरणको खण्डन गर्दै प्रमाण ल्याउन चुनौती

    विराटनगर, साउन ११ – कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले घुस मागेको आरोपलाई...