News Portal

पेट्रोल–डिजेल मट्टितेलकााे मूल्य फेरि बढ्यो

हिमालीसंचार संवाददाता
५१९ पटक

काठमाडौं -नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटरमा दुई रुपैयाँले बृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ ।

मूल्यबृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२५, डिजेल तथा मट्टितेलको १०८ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटरमा ८० रुपैयाँ पुगेको निगमले जनाएको छ ।

निषेधाज्ञाकै बीचमा गत  जेठ २ गते मूल्य बृद्धि गरी पेट्रोलको मूल्य १२३ रुपैयाँ, डिजल र मट्टितेलको १०६ रुपैयाँ र हवाई इन्धनको ७८ रुपैयाँ कायम गरिएको थियो ।  स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन गरे पनि निगमलाई पेट्रोलमा प्रति लिटर ५ रुपैयाँ ३३ पैसा, डिजलमा ३ रुपैयाँ ३३ पैसा र एलपी ग्याँसमा २५८ रुपैयाँ ४६ पैसा घाटा रहेको निगमको भनाइ छ ।

भारतीय आयल कर्पोरेसनबाट बढेर प्राप्त भएको नयाँ मूल्यका कारण निगमको घाटा चुलिएकोे र मूल्य समायोजनको विकल्प नभएको दाबी निगमको छ । स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि अनुसार शनिबार राति १२ बजेबाट लागू हुनेगरी बढेको भाउ कायम हुने र उक्त मूल्य समायोजनपछि पनि निगमलाई घाटा रहेको निगमका प्रवक्ता विनितमणि उपध्यायले बताए ।

मूल्य समायोजन पछि पछि निगमलाई पेट्रोलमा ५ रुपैयाँ ३२ पैसा, डिजेल तथा मट्टितेलमा ३ रुपैयाँ १७ पैसा र खाना पकाउने ग्यासमा २५८ रुपैयाँ ४६ पैसा प्रतिसिलिण्डर घाटा रहेको उनको भनाइ छ । निषेधाज्ञामा सवारी साधन कम चलेको बेलामा समेत अबको १५ दिनमा निगमलाई कम्तिमा ५९ करोड २८ लाख घाटाको प्रक्षेपण गरिएको उपाध्यायले बताए ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ५ गतेको राशिफल

आज फागुन ५, २०८२ ( फेब्रुअरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओलीले भने, ‘देशभक्तिका काम गर्न नदिने हो’

काठमाडौं, फागुन ४ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा आयोजित चुनावी घरदैलोमा...

झापामा चुनावी संवाद: बालेन र शिक्षकबीच रोचक बहस

झापा, माघ ४ — प्रतिनिधि सभा निर्वाचनको माहोल तातिँदै जाँदा झापा–५ मा एक चुनावी कार्यक्रममा...

प्रहरी कार्यालयबाट लुटिएको पेस्तोलसहित दुई जना पक्राउ

झापा, फागुन ४ — बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयबाट लुटिएको हतियार प्रकरणमा दुई जनालाई प्रहरीले पक्राउ...

गंगाजमुना–५ मा रमेश धमलाको घरदैलो अभियान, पञ्चेबाजासहित भव्य स्वागत

धादिङ – प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार रमेश...