News Portal

यूनाईटेड अरब ईमिरेट्स (यूएई) मा २५६५ औँ बुद्द जयन्ती मनाइयो

हिमालीसंचार संवाददाता
९०२ पटक

यूएई– नेपाली समाजको आयोजनामा यूएईमा रहेका बिभिन्न संघसंस्थाहरुले भर्चुअल माध्यमबाट बुद्द जयन्ती मनाएका हुन् । बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले संसारभरिका बुद्द धर्मावलम्बीहरुले भागवान बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्ति प्रकट गर्दै मनाउँदै आएका छन् ।

बुद्दलाई शान्तिका अग्रदूत र एशियाका ताराका रूपमा पनि चिनिन्छ । बुद्धले शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा दिए । आयोजित कार्यक्रममा सहभागीहरुले बुद्दका यिनै उपदेशहरुलाई स्मरण गर्दै विश्व शान्तिको कामना गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली दुताबासका महामाहिम राजदूत कृष्ण प्रसाद ढकालले गौतम बुद्दको बुद्दत्वको बारेमा चर्चा गर्दै विश्वशान्तिको कामना गरे । राजदूत ढकालले भगवान बुद्द एसियाको मात्र तारा नभएर बुद्द धर्मको दर्शन विश्व मानब जातिको शान्तिको मार्गदिशा रहेकोमा जोड दिए ।

जनजाति महासंघ यूएईका अध्यक्ष महेश मोक्तानले संसार कोरोना महामारीले अशान्ति रहेको बेला मनमा शान्ति कायम गर्दै यो महामारीसँग जुध्न पर्ने आजको आवश्यकता रहेको बताए । लोभ, लालच, अहिँसा त्यागेर आफुलाई जति धैर्य र शान्तिमय बनायो उत्तिनै कोरोना महामारीसँग जुध्न सहज हुनेमा मोक्तानले जोड दिए।
नेपाली समाजका संस्थापक चन्द्र प्रसाद सापकोटाले नेपाली संघसंस्थाहरुले सामुहिक रुपमा बुद्दजयन्ती मनाउदै आएकोमा खुशी ब्यक्त गरे । नेपाली समाजका पूर्व अध्यक्ष कृष्ण बहादुर ढकालले महामारीको समस्याबाट जुधिरहेको नेपाललाई दिल खोलेर सहयोग गर्न नेपाली संघसंस्थालाई अनुरोध गरे । कार्यक्रममा बिभिन्न राजनैतीक दलका प्रतिनिधिहरु, गैर आवासीय नेपाली संघ, पत्रकार महासंघ लगायतका संघसंस्थाहरुको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।संस्थाका महासचिब बेद प्रसाद अर्यालले सँचालन गर्नु भएको उक्त भर्चुअल कार्यक्रम संस्थाका अध्यक्ष गोबिन्द ढकालको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...