News Portal

एनआरएन अमेरिकाको (२०२१-२०२३) चुनाव अब केही दिन मात्र बाँकी

हिमालीसंचार संवाददाता
३७२ पटक

अमेरिका-चुनावी अभियानमा अध्यक्षका उम्मेवार बुद्धि सागर सुवेदी अमेरिकाका विभिन्न राज्यहरूमा घुमी गैरआवासीय नेपालीहरुको अवस्थाको बारेमा बुझी उनीहरूको समस्या समाधान गर्ने तर्फ आफू प्रतिवद्ध रहेको जनाउँदै आज उनले सामाजिक सञ्जालमा अपिल गरेका छन् ! हार्दिक अपिल अमेरिकाबासी गैर आवासीय नेपाली आमा बुबा, दाजु भाई तथा दिदी बहिनीहरु सम्पूर्णमा म बुद्दि सागर सुवेदीको तर्फवाट दस औंला जोडी सादर नमस्कार टक्र्याउन चाहन्छु ।

अमेरिकाबासी गैर आवासीय नेपालीको साझा चौतारीको रुपमा रहेको अभिभावकीय संस्थाको रुपमा रहेको गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद् अमेरिकाको वर्ष २०२१ देखि २०२३ सम्मको कार्यकालका निम्ति नया कार्यसमिति निर्वाचित गराउनका लागि मतदानको घडी सम्मुखमा आइपुगेको छ । आउदो कार्यकालको लागि तपाईहरुले नै दिनुभएको हौसलालाई शिरोधार्य गरी म नेतृत्व गर्ने यात्रामा अघि बढेको यहाहरुमा जानकारी नै छ। संघको विस्कन्सिन राज्यको च्याप्टर अध्यक्ष हुदैं एनआरएनए अमेरिकामा पदीय भूमिकासहीत अघि बढ्ने क्रममा मैले च्याप्टर अध्यक्षको रुपमा आधार तहमा गरेको कार्य र पहललाई देखेर जुन माया, साथ सहयोग र सद्भाव तपाईहरुवाट प्रदान भयो त्यसले मलाई अघि बढ्न प्रेरित गरेको पनि म सविनय अनुरोध गर्न चाहन्छु ।

च्याप्टर अध्यक्ष हुदैं आधारभूत तहमा देखिने संस्थागत रुपका समस्या देखि गैर आवासीय नेपालीका अन्य समस्यासग जानकार रहदैं त्यसलाई समाधान गर्नका लागि राष्ट्रिय समन्वय परिषद् मार्फत पहलकदमी गर्ने हेतु अगाडि बढ्न तपाईहरुले नै देखाउनुभएको मार्गदर्शनलाई पच्छ्याउदैं वर्तमान कार्यसमितिमा मलाई उपाध्यक्षमा निर्वाचित गराउनुभएको त्यो समयलाई स्मरण गर्दै फेरि तपाईहरु सबैप्रति आभार व्यक्त गर्दछु ।

उपाध्यक्षको भूमिकामा तपाईहरुले मलाई पुऱ्याइसकेपछि मैले त्यो भूमिकामा न्याय गरे भन्ने मलाई लाग्दछ । उपाध्यक्षको जिम्मेवारीमा रहदा मैले संस्थाको संस्थागत विकासका लागि आफ्नो भूमिकालाई इमान्दारिता पूर्वक लागू गर्न सके भन्ने मलाई लाग्दछ । उपाध्यक्षको रुपमा जिम्मेवारी वहन गर्दै अघि बढिरहदा कोरोनाको महामारीका विच संघको गतिशिलतासग जोडिएको सदस्यता अभिवृद्दिको पक्षलाई पनि ध्यानमा राख्दैं यो जटिल परिस्थितिमा सदस्यता अभिवृद्दि कमिटिको संयोजकको जिम्मेवारी मलाई संघको वर्तमान कार्यसमितिले दियो, त्यसमा पनि तपाई सबैको साथ, सहयोग, सहभागिता र सद्भावका कारण तपाई हामी सबैले गर्व गर्न सक्ने गरी संघको सदस्य संख्या पुग्न सक्यो भन्ने मलाई लाग्दछ ।

अमेरिकाका रहनुभएका नेपालीको संख्याको हिसाबले सदस्य संख्याको अनुपात निकै कम भएपनि आजको मितिमा विश्वमा रहेका ८५ वटा एनआरएनएका राष्ट्रिय समन्वय परिषद्हरु मध्ये सबैभन्दा बढी सदस्य संख्या रहेको एनआरएनए, एनसिसीको रुपमा एनआरएनए, युएसए रहेको छ । आगामी दिनमा अझ सदस्यको संख्या पनि बढाउन तपाई हामी सबै लाग्नेनै छौं । मैले उपाध्यक्षको रुपमा होस् वा सदस्यता अभिवृद्दि कमिटिको चियरको रुपमा होस् तपाईहरु बस्नुभएको अमेरिकाको विभिन्न राज्य तथा शहरहरुमा गई संवाद गर्दा होस् वा अन्य तरिकावाट छलफल गर्दा तपाईहरुले देखाउनुभएको सद्भाव र दिनुभएको उर्जाले मलाई नेतृत्व गर्ने यात्रामा अघि बढाएको हो । तपाईहरुले चाहनुभए जस्तै एनआरएनए, अमेरिका बनाउनका लागि नेतृत्व गर्ने आट बोकी म यस अभियानमा होमिएको हु ।

यस अभियानमा म मात्र थिइन, छैन र भोलि पनि म एक्लै अभियानमा हुने छैन, हिजो, आज र भोली तपाईहरु सबै यो अभियानमा हुनुहुन्छ । हामी सबै यस अभियानको हिस्सा हौं । तपाईहरुको सहभागितामा, तपाईहरुले चाहेको र तपाईहरुसगनैं रहेर एनआरएनए अमेरिकाको नेतृत्वको यात्रालाई अघि बढाउने मेरो प्रतिवद्धता दोहोऱ्याउन चाहन्छु । अध्यक्ष पदको प्रत्याशी भई तपाईहरुको राज्य तथा शहरमा म आउदा तपाईहरुले दिनुभएको जुन माया, साथ, सहयोग र समर्थन थियो त्यसको म सधैं ऋणि रहीरहनेछु ।

त्यो साथ र समर्थनले मलाई एनआरएनए, अमेरिकाको नेतृत्व गर्ने कुरामा वल मात्र दिएको छैन, विश्वस्त पनि बनाएको छ । चुनावी अभियानको क्रममा मेरो हरेक राज्य र शहरमा पुग्ने कोशिस थियो , संभव भएसम्म पुगेको पनि थिए, तर हरेक शहरमा पुग्न सकिन होला यसलाई अन्यथा लिनुहुनेछैन भन्नेमा म ढुक्क छु । हामी निरन्तर सम्पर्क र सम्बन्धमै छौं, माध्यम फरक हुन सक्ला हामी एउटै अभियानमा सगैं छौं यसलाई यसरी लिइदिनुहुनका लागि अनुरोध गर्दछु ।

निर्वाचन सम्पन्न गर्ने महत्वपूर्ण जिम्मेवारीमा रहनुभएका निर्वाचन आयोगका प्रमुख आयुक्त एवं आयुक्तहरु, आदरणीय संचारकर्मी मित्रहरु एवं एनआरएनए, अमेरिकाको आसन्न निर्वाचनलाई सम्पन्न गर्न विभिन्न रुपवाट सहयोगी भूमिका खेलिरहनुभएका सबैमा हार्दिक आभार व्यक्त गर्दछु । म सगैं अध्यक्ष पदमा उम्मेद्वार बन्नुभएका प्रत्याशी ज्यूहरुसहीत सबै उम्मेद्वारहरुलाई शुभकामना दिन चाहन्छु । चुनावी परिणाम जे जस्तो आएपनि एनआरएनए अभियानमा सहभागिता र भूमिकामा कमी आउन दिनुहुदैंन, मेरो तर्फवाट त्यो प्रतिवद्धता पनि व्यक्त गर्दछु ।

अन्त्यमा, आसन्न निर्वाचनमा मलाई अध्यक्ष पदमा आदरणीय मतदाता सदस्य ज्यूहरुले आफ्नो अमुल्य मत दिई विजयी गराउनुहुनेछ भन्ने पूर्ण आशा लिएको छु । साथ साथैं मेरो नेतृत्वप्रति विश्वास गरी मेरो नेतृत्वमा बन्ने कार्यसमितिमा रहेर आफूलाई अगाडि बढाउने गरी उम्मेद्वारी दिनुभएका अन्य पदका उम्मेद्वारहरुलाई पनि मत दिनका निम्ति सबैमा हार्दिक अपिल गर्न चाहन्छु । धन्यवाद । जय एनआरएनए अमेरिका । तपाईकैं, बुद्दि सागर सुवेदी अध्यक्ष पदको प्रत्यासी गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका (वर्ष २०२१ देखि २०२३ को कार्यकाल)

 

 

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...