एजेन्सी – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ईरान विरुद्ध निशाना साँधेका छन्। इजरायलको गुप्तचर एजेन्सी मोसादको नवनियुक्त प्रमुखको घोषणा गर्दै इजरायली प्रधानमन्त्री नेतन्याहुले ईरानविरुद्ध आक्रोश पोखेका हुन्।
मोसादको नेतृत्वमा ५६ वर्षीय डेभिड बर्निया आएका छन्। त्यसअघि सो संगठनको नेतृत्वमा योसी कोहेृन रहेका थिए। प्रधानमन्त्री नेतन्याहुले नवनियुक्त प्रमुख बर्नियाको काम ईरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नु भएको बताए।
उनले सोमबार ट्वीटरमार्फत भनेका छन्- ‘इजरायलले ईरानलाई आणविक हतियार प्राप्त गर्न रोक्नेछ। सम्झौता होस् वा नहोस् हामी इरानलाई आणविक हतियारहरू लिनबाट रोक्नेछौ, किनकि यो हाम्रो अस्तित्वको प्रश्न हो। यो हाम्रो पहिलो मिसन हो।’
नेतन्याहुले अमेरिकाको भने खुलेर प्रशंसा गरे र धन्यवाद समेत दिए। बीबीसीका अनुसार प्रधानमन्त्री नेतन्याहुले अमेरिकालाई आफ्नो विशेष मित्रको रुपमा प्रशंसा गर्दै उ इजरायलको राष्ट्रिय सुरक्षाको एउटा हिस्सा भएको बताए।