आज : २०२६-०७-२७, सोमबार

पेट्रोलियम पदार्थ र सार्वजनिक यातायतको भाडा बढाएकोमा नेविसंघ आन्दोलित

काठमाडौं – सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्नुका साथै सार्वजनिक यातायातको भाडा दरमा १० प्रतिशत मूल्य बढाएको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ) त्रिचन्द्र क्याम्पस आन्लोलित बनेको छ ।

विहान ९ बजेदेखि १० बजेसम्म  क्याम्पस अगाडि चक्का जाम गरी कोणसभामा परिणत भएको थियो ।

दशैंको मुखैमा आएर एकैचोटी १० प्रतिशत सार्वजनिक यातायातको भाडा बढाएर सरकारले जनताको ढाड सेक्ने काम गरेको नेविसंघ नेता दिनेश शाहीले बताए ।

प्रत्येक चिजमा महंगी बढ्दै जानुले सरकार अलोकतान्त्री बन्दै गएको भान भएको शाहीको ठहर छ ।

कर वृद्धि र महंगीले  जनजीवन कष्टकर बनिरहेको बेला पेट्रोलियम पदार्थको मूल्य वृद्धि र यातायातको भाडादर वृद्धिले झनै जनजीवन कष्टकर बनेको विद्यार्थी नेता बिष्णु पौडेलले बताए  ।

कोण सभालाई विद्यार्थी नेता बिष्णु पौडेल, शान्त शिवाकोटी, दिनेश शाही र केशरजंग बमले सम्बोधन गरेका थिए ।

शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकारको यातायात व्यवसायीसँग भाडादर बढाउने सहमति भएको थियो ।