News Portal

  • पेट्रोलियम पदार्थ र सार्वजनिक यातायतको भाडा बढाएकोमा नेविसंघ आन्दोलित

    हिमाली संचार संवाददाता
    ६५८ पटक

    काठमाडौं – सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्नुका साथै सार्वजनिक यातायातको भाडा दरमा १० प्रतिशत मूल्य बढाएको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ) त्रिचन्द्र क्याम्पस आन्लोलित बनेको छ ।

    विहान ९ बजेदेखि १० बजेसम्म  क्याम्पस अगाडि चक्का जाम गरी कोणसभामा परिणत भएको थियो ।

    दशैंको मुखैमा आएर एकैचोटी १० प्रतिशत सार्वजनिक यातायातको भाडा बढाएर सरकारले जनताको ढाड सेक्ने काम गरेको नेविसंघ नेता दिनेश शाहीले बताए ।

    प्रत्येक चिजमा महंगी बढ्दै जानुले सरकार अलोकतान्त्री बन्दै गएको भान भएको शाहीको ठहर छ ।

    कर वृद्धि र महंगीले  जनजीवन कष्टकर बनिरहेको बेला पेट्रोलियम पदार्थको मूल्य वृद्धि र यातायातको भाडादर वृद्धिले झनै जनजीवन कष्टकर बनेको विद्यार्थी नेता बिष्णु पौडेलले बताए  ।

    कोण सभालाई विद्यार्थी नेता बिष्णु पौडेल, शान्त शिवाकोटी, दिनेश शाही र केशरजंग बमले सम्बोधन गरेका थिए ।

    शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकारको यातायात व्यवसायीसँग भाडादर बढाउने सहमति भएको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज ४ गतेको राशिफल

    आज असोज ४, २०८२ (सेप्टेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    युक्रेनमा फँसेका दुई नेपाली नागरिक उद्धार

    काठमाडौं, असोज ३ – वैदेशिक रोजगारीको क्रममा भारत हुँदै युक्रेन पुगेका दुई नेपाली नागरिक सुरक्षित...

    राष्ट्रपति पौडेलः प्रतिनिधिसभा विघटन अपरिहार्य निर्णय

    काठमाडौं, असोज ३ – राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय नभएको कारण...

    महेश बस्नेतले गरे सुधन गुरुङ एमालेमा आउन सक्ने दाबी

    काठमाडौं, असोज ३ – नेकपा एमालेले संविधान दिवसको अवसरमा केन्द्रीय कार्यालय च्यासलमा कार्यक्रम आयोजना गरेको...

    देउवाको स्वास्थ्यमा सुधार, टाउकोमा १२ टाँका

    काठमाडौं, असोज ३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टाउकोमा गम्भीर चोट लागेको छ। उपचारको...