News Portal

  • प्यालेस्टाइनको हमासपछि लेबनानबाट पनि इजरायलमाथि आक्रमण

    हिमालीसंचार संवाददाता
    ३४१ पटक

    एजेन्सी – इजरायल र प्यालेस्टाइनको चरमपन्थी हमास समूहबीच चरम संघर्ष चलिरहेकाबेला लेबनानतर्फबाट पनि इजरायलमाथि आक्रमण भएको छ। सोमबार करिब मध्यरातको समयमा लेबनानबाट उत्तरी इजरायलतर्फ ६ रकेट प्रहार भएको छ। तर, यी रकेटले सीमा पार गरेर इजरायलतर्फ आउन नसकेर लेबनानमै खसेको इजरायली डिफेन्स फोर्सलाई उद्धृत गर्दै टाइम्स अफ इजरायलले जनाएको छ।

    यसको जवाफमा इजरायलले पनि लेबनानतर्फ २० भन्दा धेरै रकेट हानेको बताइएको छ। लेबनानतर्फबाट भएको आक्रमणमा कोही हताहत भएको जानकारी भने छैन। लेबनानतिरबाट रकेट आक्रमण भएपछि उत्तरी इजरायलको सीमावर्ती क्षेत्रमा साइरन बज्न थालेका थिए। त्यसपछि इजरायली सुरक्षाबलले सीमासँग जोडिएका ४ किलोमिटर क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सारेको थियो।

    लेबनानी सैन्य सूत्रले समाचार एजेन्सी एएफपीलाई दक्षिणी लेबनानको शेबा फर्म क्षेत्रबाट केही रकेट प्रहार भएको बताएको छ। इजरायलका सैन्य प्रवक्ता हिदाइ जिल्बरम्यानले मंगलबार बिहान आफूहरुलाई यो आक्रमण कुनै प्यालेस्टाइनी गुटले गरेको जस्तो लागेको बताए।

    इजरायली सुरक्षा बलले लेबनानको तर्फबाट यस प्रकारको आक्रमण जारी रहने आशंका गरेको छ किनकि इजरायली सेनाले गाजामा लगातार आक्रमण गरिरहेको छ। अहिले इजरायली सेनाले २०१४ मा जस्तै हवासमाथि निरन्तर हवाइ आक्रमण गरिरहेको छ। लेबनानमा तैनाथ संयुक्त राष्ट्रसंघको अन्तरिक बलले पनि दक्षिणी लेबनानको राशा अल फौखर आसपासबाट रकेट हानिएको पुष्टि गरेको छ।

    लगत्तै राष्ट्रसंघीय बलले तत्काल लेबनानी र इजरायली सेना प्रमुखलाई सम्पर्क गरेर संयम राख्न भनेको थियो। पछिल्लो एक हप्तामा सीमापारी लेबनानबाट इजरायलमा रकेट आक्रमण भएको यो दोस्रो घटना हो। बिहीबार लेबनानबाट उत्तरी इजरायलमा ३ रकेट प्रहार भएका थिए तर ती रकेट भूमध्य सागरमै खसे।

    लेबनानका हिजबुल्लाह लडाकुसँग इजरायल २००६ देखि लडिरहेको छ। यो गुटको दक्षिणी लेबनानमा पकड बलियो छ र उनीहरु इजरायलमाथि आक्रमण गरिरहन्छन्। लेबनानमा साना प्यालेस्टाइटी गुट पनि छन् जो इजरायलमाथि आक्रमण गरिरहन्छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १२ गतेको राशिफल

    आज कार्तिक १२, २०८२ (अक्टोबर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गगन थापा : “महाधिवेशन नगर्नु कांग्रेस र नागरिक दुवैप्रति अन्याय हो”

    काठमाडौं, कार्तिक ११ – नेपाली कांग्रेसभित्र महाधिवेशनको विषयले पुनः विवाद चर्काएको छ। महामन्त्री गगन थापा...

    जेनजी युनाइटेडका प्रतिनिधिहरू प्रधानमन्त्रीसँग भेट, एकता कायम गराउन आग्रह

    काठमाडौं, कार्तिक ११ – जेनजी युनाइटेडका नाममा संगठित नौ जना युवायुवती सिंहदरबार पुगेर प्रधानमन्त्री सुशीला...

    मेयर साहले गृहमन्त्री हटाउन भेटे प्रधानमन्त्री

    काठमाडौं, कार्तिक ११ — काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग निकट युवा समूहले गृहमन्त्री ओमप्रकाश अर्याललाई...

    जापानमा निश्चित सिपयुक्त श्रमिक पठाउन मागपत्र प्रमाणीकरण सुरु

    काठमाडौं, कात्तिक ११ – जापानमा निश्चित सिपयुक्त श्रमिक (एसएसडब्लू) पठाउन मागपत्र प्रमाणीकरण सुरु भएको छ। जापानस्थित...