News Portal

गएराती जाजरकोटको थलह बजारमा ४ लाखको बराबरको चोरी

हिमाली संचार संवाददाता
४९१७ पटक

सुशील सिंह
जाजरकोट – जाजरकोटको थलह बजार दश दिन भित्रमा २ पटक गरी ४ वटा पसल तोडफोड गरि लाखौं रुपैयाँ बराबरको चोरी भएको छ।

जाजरकोटको छेडागाड न.पा. वाडा न.५ थलह बजारमा गएराती अज्ञात समुहद्वारा ब्यापारीहरु नेत्रलाल पोखरेल, तेज बहादुर शाही, उपेन्द्र हमाल, कमलेश खडकाको पसलको ताला फोडेर नगद सहित सरसमान चोरेर लगेका छन।

करिब ४ लाखको बराबरको चोरी भएको ब्यापारी नेत्रलाल पोखरेलले हिमाली संचारलाई जानकारी दिए।

बडाबन प्रहरी चौकी थलह बजार देखी ३ किलोमिटर टाढा रहेको छ। २ बर्ष अघि देखी हामीले सुरक्षाको लागी बजारमा अस्थायी चौकीको माग गरेका हौ तर जिल्ला प्रहरी कार्यलय जाजरकोटले बिबिधकारण देखाउदै आलटाल गरेको ब्यापारीहरुको गुनासो छ।

प्रहरी र स्थानीय जनता बिच छलफल गर्दा प्रहरीले हॉमीले गृहमन्त्रालयबाट स्वीकृत पाउनुपर्छ भन्दै टार्दै आएको छ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललित बहादुर बस्नेतले सुरक्षा समितिकाे निर्णय सहित गृह मन्त्रालयमा पठाएको जानकारी दिनुभयो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १० गतेको राशिफल

आज फागुन १०, २०८२ ( फेब्रुअरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निर्वाचनले रास्ट्रको समस्या सामाधान गर्न नसक्ने

– कमला थापा २०८२ फागुन १० गते आईतबार। देश असुरक्षित हुँदै गएको धेरै भयो। सुशासनका...

आज २०८२ साल फागुन ९ गतेको राशिफल

आज फागुन ९, २०८२ ( फेब्रुअरी २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दाङमा राजा वीरेन्द्रको शालिकमा उभिएर नाराबाजी प्रकरणमा राप्रपाको आपत्ति

बुटवल, फागुन ८ – दाङको तुलसीपुर उपमहानगरपालिका बिरेन्द्रचोकमा भएको विवादास्पद घटनाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

रास्वपाको भैरहवा र पोखरा सभा स्थगित, पार्टीका दुई कारण खुलाइयो

काठमाडौं, फागुन ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भैरहवा र पोखरामा आयोजना गर्न लागेको परिवर्तन...