News Portal

दशैँमा घर जान टिकट लिनेको घुइँचो

८४८ पटक

काठमाडौँ – नेपालीको महान् चाड दशैँमा घर जानका लागि टिकट लिनेको घुइँचो लागेको छ । दशैँका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएपछि गोँगबुस्थित नयाँ बसपार्कमा बिहानैदेखि यात्रुको घुइँचो लागेको हो । यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच गत भदौ ३१ गते असोज ५ देखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरे पनि यातायात व्यवसायीले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको भन्दै टिकट खुलाउन मानेपछि आजबाट टिकट बुकिङ खुलेको हो ।

कम्पनी र प्रालिले सरकारले घोषणा गरेको असोज ५ देखि नै टिकट बुकिङ खुला गरे पनि समितिले भने पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गरेर अग्रिम टिकट बुकिङ खुलाएका थिएनन् । स्वर्गद्धारी यातायात व्यवसायी सङ्घ प्यूठान, जलजला यातायात रोल्पा, राप्ती अञ्चल व्यवसायी सङ्घ दाङ, बडीमालिका यातायात धनगढी, बटालियन यातायात प्रालि रुकुम, मेची अग्नी यातायात, आयुष यातायात प्रालिलगायतले असोज ५ गतेदेखि नै अग्रिम टिकट बुकिङ खोलेका थिए ।

यस्तै, भेरी अञ्चल व्यवसायी सङ्घ नेपालगञ्ज, कर्णाली रिभर यातायात सङ्घ, महाकाली सेती यातायात व्यवसायी सङ्घ महेन्द्रनगर, सूदुरपश्चिम यातायात व्यवसायी सङ्घ, मध्यपश्चिम यातायात व्यवसायी सङ्घ, पश्चिम नेपाल यातायात व्यवसायी सङ्घ, पृथ्वी राजमार्ग बस सञ्चालक समिति, भेरी राप्ती यातायात व्यवसायी सङ्घलगायतले असोज ५ मा टिकट बुकिङ खोल्न मानेका थिएनन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिअनुरुप सार्वजनिक यातायातको भाडादर समायोजन भएपछि आजदेखि टिकट बुकिङ खुला गरेको बताउनुहुन्छ ।

आज डँडेल्धुरा, बाजुरा, बझाङ, कैलाली, धनगढी, महेन्द्रनगर, दार्चुला, झापा, मोरङ, सुनसरी, ताप्लेजुङलगायत लामो दूरीमा चल्ने बसको टिकट वितरण भएको हो ।

पश्चिम नेपाल जाने टिकट खुलेन

पश्चिम नेपाल यातायात व्यवसायी सङ्घले टिकट नखुलाउँदा पश्चिम नेपालका पाल्पा, गुल्मी, अर्घाँखाची, बुटवल, भैरहवालगायतका जिल्लामा जाने यात्रुले टिकट पाउन सकेका छैनन् ।

गुल्मीको तम्घास जान सोमबार बेलुका ९ बजे टिकट काट्न बसपार्क पुग्नुभएका विष्णु पोखरेल टिकट बुकिङ नहुँदा अन्योलमा पर्नुभएको छ । काठमाडौँको कोटेश्वरमा बस्ने उहाँ टिकटका पाउने आशमा हिजोदेखि नै बसपार्क आएर बस्नुभएको थियो ।

अर्घाखाँची जाने टिकट काट्न बिहान २ बजेदेखि कीर्तिपुरबाट नयाँ बसपार्क पुग्नुभएकी राधा शर्मा पनि टिकट बुकिङ खुला नहुँदा अलमलमा हुनुहुन्थ्यो । पश्चिम नेपाल यातायात व्यवसायी सङ्घ भने नयाँ बसपार्क सञ्चालनको जिम्मेवारी लिएको ल्होत्से बहुउदेश्यीय प्रालिले टिकट काट्नका लागि ठाउँ उपलब्ध नगराउँदा आफूले टिकट काट्न नसकेको बताउँछ ।

ल्होत्से बहुउदेश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवर असोज ५ गतेदेखि अग्रिम टिकट खुल्ने भनेर असोज ४ गते नै सबै समिति र प्रालिलाई टिकट काउण्टर छुट्याइसकिएको बताउनुहुन्छ । एक हजार सवारी साधन पार्किङ गर्न सकिने नयाँ बसपार्कमा हाल देशका विभिन्न भागमा जानका लागि ७४ काउण्टर सञ्चालनमा रहेका छन् ।

नयाँ बसपार्कको सुरक्षा बढाइयो

दशैँ शुरु भएसँगै नयाँ बसपार्क क्षेत्रको सुरक्षा बढाइएको छ । नेपालको एक मात्र राष्ट्रिय बसपार्कबाट दशैँका लागि लाखौँ मानिस बाहिरिने भएकाले सो क्षेत्रको सुरक्षा बढाइएको हो ।

महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख एवं प्रहरी निरीक्षक मोहनविक्रम केसी दशैँको सुरक्षाका लागि थप जनशक्ति माग गरिएको बताउनुहुन्छ । “दशैँमा आपराधिक गतिविधि नहोस् भन्नका लागि दशैँ सुरक्षा योजनासमेत तयार गरिसकेका छौँ”, उहाँ भन्नुहुन्छ । रासस

प्रतिकृया दिनुहोस्

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल...

रंगेली मालपोत र नापी कार्यालयमा बिचौलिया निषेध

 रबिन्द्र बराल –  मोरङको रंगेली–७ स्थित मालपोत तथा नापी कार्यालयमा बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध...

आज २०८२ साल चैत २४ गतेको राशिफल

आज चैत २४, २०८२ ( अप्रिल ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...