News Portal

खोटाङ सेवा समाज बेलायतको पाँचौं अधिवेशन सम्पन्न, अध्यक्षमा डा. प्रमोद कोयी

हिमालीसंचार संवाददाता
६६६ पटक

बेलायत – खोटाङ सेवा समाज बेलायतको पाँचौं अधिवेशन गत ९ मे २०२१ आइतबार भर्चुअलको माध्यमबाट सम्पन्न भएको छ। अधिवेशन मार्फत डा. प्रमाद कोयी राईको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको छ । 

यसअघिो कार्यसमितिमा उपाध्यक्ष रहेका नवनिर्वाचित अध्यक्ष डा. राई बेलायतको इस्ट लण्डन एनएचएस फाउण्डेसनमा कन्सल्टेण्ट साइकायट्रिस्टका रुपमा कार्यरत रहेका छन्। आफ्नो व्यस्त समयको व्यबस्थापन गर्दै सामाजिक क्षेत्रमा योगदान दिइ रहेका डा. राई खोटाङ सेवा समाज युकेको अध्यक्षमा चयन भएका हुन्।

नयाँ कार्यसमितिको अध्यक्षमा डा. प्रमोद कोयी, उपाध्यक्षमा भाग्यती राई, प्रसाद राई, झलम राई, भविन राई, महासचिव भोलाविक्रम राई, सचिव रोजिना राई, देवेन्द्र खेरेस राई, राजेन्द्र राई, कोषाध्यक्षमा चन्द्र जयपाल र सह-कोषाध्यक्षमा सन्जिव राई निर्वाचित भएका छन् ।

नयाँ कार्यसमितिको सदस्यहरुमा क्या. सन्तोष राई, बशन्त गुरुङ, खिलेन्द्र राई, जानुका राई, धिरज राई, सन्जिव राई ‘पारदर्शी’, सुमि राई (ननिन्टन), लिला गोम्देन, बमबहादुर तामाङ, शिवध्वज राई, अरुणा राई, प्रज्वल राई, पुजन खत्री र ढाकबहादुर राना रहेका छन। नयाँ कार्यसमितिको कार्यकाल तीन वर्ष रहनेछ। कोरोना महामारीका कारणले अघिल्लो कार्यसमितिको कार्यकाल थप एकवर्ष लम्बिएको अध्यक्ष राईले बताए ।

भूपु मेजर भूपजित राईको अध्यक्षतामा सम्पन्न अधिवेशनमा सचिव राजेन राईले वार्षिक र कोषाध्यक्ष भविन राईले आर्थिक प्रतिवेदनप्रस्तुत गरेका थिए। उपाध्यक्ष भाग्यवती राईले स्वागत मन्तव्य दिएकी थिइन् ।

निःस्वार्थ सामाजिक सेवाभावले सन् २००७ सालमा स्थापना गरिएको खोटाङ सेवा समाज वेलायतले गृह जिल्ला खोटाङमा विभिन्न परोपकारी कार्यहरू गर्दै आएको छ। समाजले खोटाङ जिल्लावासीलाई बाढी, आगलागी जस्ता प्राकृतिक विपत्तिमा तथा कमजोर आर्थिक अबस्था भएका विभिन्न रोगका बिरामीहरूलाई उपचारका लागि आर्थिक सहयोग निरन्तर गरिरहेका छन्।

समाजले सन् २०१७ सालमा आफ्नो गृह जिल्ला खोटाङलाई सातवटा एम्बुलेन्स उपलब्ध गराएको थियो। जिल्लाका बिरामीलाई तत्काल अस्पतालसम्म पुर्याउने र उनीहरुको ज्यान बचाउका लागि दुई प्राथमिक स्वास्थ्य केन्द्र र पाँच स्वास्थ्य चौकीहरु चिसापानी, डाँडागाउँ, बाक्सिला, सिम्पानी, निर्मलीडाँडा, बुइपा र ऐँसेलुखर्क गरी सातवटा एम्बुलेन्स साथै जिल्ला अस्पताल खोटाङका लागि १ थान अल्ट्रासाउण्डमेशिन समेत उपलब्ध गराएको थियो।

त्यस्तै, समाजको प्रत्येक कार्यसमितिको एक कार्यकालमा खोटाङ जन्मेर विभिन्न क्षेत्रहरुमा कृयाशील विशिष्ट ब्यक्तिहरु मध्येबाट छनौट गरी नगद १ लाख सहित ताम्रपत्र सहितको ‘नागरिक सम्मान’ साहित्य, संगीत, कला क्षेत्रमा साधनारत प्रतिभाहरु मध्येबाट एकलाई नगद ५० हजार र ताम्रपत्रका साथमा ‘खोटाङ प्रतिभा पुरस्कार’ समेत प्रदान गर्दै आइरहेको छ ।

निकट भविष्यमा गृह जिल्ला खोटाङ समाजको तर्फबाट स्वास्थ्य शिविर सञ्चालन गरी कोरोना पीडितलाई स्वास्थ्य सेवा उपलब्ध गराउने योजना रहेको अध्यक्ष डा. राईले हिमाली संचारसंगको कुराकानीमा जानकारी दिएका छन्।

समाजसेवी अध्यक्ष डा. राईले विस २०५९ सालमा तत्कालिन सुङदेल गाउ विकास समति हाल नया संरचना अनुरुप केपिलासगढी गाउपालिका वडा नं. ७ सुदेङदेलमा अबिरल बर्षाका कारण पहिरो गएको समयमा विकट गाउमा पुगेर पहिरो पिडितलाई अस्थाई स्वास्थ्य क्याम्प संचालन गरी स्वास्थ्य सेवा समेत दिएका थिए। अध्यक्ष डा. राईले समाजका हरेक दुख र पिडा नजिकबाट राम्रोसंग बुझेका हुनाले समाजका विभिन्न दुख र पिडामा सहयोग गर्दै आएका छन्। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...