News Portal

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको पञ्जिकृत सदस्यता फारम खुला अधिवेशन २३ जुलाईमा

हिमालीसंचार संवाददाता
४२३ पटक

कुवेत– गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेत (NRNA-NCC Kuwait)ले सन २०२१-२०२३ कार्यकालको लागि साताैं राष्ट्रिय महाधिवेशन आगामी २३ जूलाइ २०२१ का दिन गर्ने भएको छ । अधिवेशन प्रयोजनको लागि पञ्जिकृत सदस्यता फारम खुला गरिएको छ । हिँजो शुक्रबार साँझ एनसीसी कुवेतले अनलाइन भर्चुअल माध्यमबाट पत्रकार सम्मेलन गरि सो कुराको जानकारी दिएको हो । पत्रकार सम्मेलन पछि एनसीसी कुवेतका अध्यक्ष सुजन के.सि. तथा महासचिव दिलकुमार पाख्रिन द्वारा हस्ताक्षर हस्ताक्षर गरि  विज्ञप्तिमा पञ्जिकृत सदस्यता फारम भर्ने सम्बन्धी सबै प्रकृया समेटिएको छ ।

एनसीसी कुवेतको प्रेस विज्ञप्ति :

मितिः- १४ मे २०२१ प्रिय पत्रकार मित्रहरु, यतिखेर हामी मानव जातीको अस्तित्व रक्षार्थ सङ्गिन लडाइँमा छौं । (COVID–19) कोरोना भाइरसलाई परास्त गर्नको निम्ति हामी सम्पुणर् मावन जाती युद्द मैदानमा निरन्तर लडिरहेको पनि आज २ वर्ष टेकिसकेको अवस्था छ । र यो विषम परिस्थिति संग हामी लडिरहेका छौं तर घडिको समयले हामीलाई नपर्खे झै कुवेत नगरिमा सम्पन्न भएको एनआरएन एनसिसी कुवेतको सम्पन्न छैटौं अधिवेशनबाट निर्वाचित २०१९/२१को कार्यकाल विधान सम्मत नजिकै समाप्त हुनलागेको कुरा जानकारी गराउन चाहान्छौं । गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको विधान सम्मत समयसिमा भित्र नै राष्ट्रिय अधिवेशन सम्पन्न हुदै आएको छ ।

र एनसिसी कुवेतले सातौं राष्ट्रिय अधिवेशन यहि २३ जुलाई २०२१ को दिन सम्पन्न हुन गइरहेको जानकारी गराउदछौं । २०२१/२३ कार्यकालको लागि पञ्जिकृत सदस्य आज मिति १५ मे २०२१ बाट खुल्ला गरिने जानकारी गराउदै सदस्य बन्नको निम्ति आवश्यक कागजात तथा तरिका यस प्रकार रहेको छः- आबश्यक कागजातः

१ म्याद भएको सिभिल आईडीको अगाडी र पछाडीको फोटो ।

२ सफा देखिने आफ्नो फोटो ।

३ E-mail Address र मोबाइल नम्बर ।

४ सदस्यता शुल्क २ केडि ।

फारम भर्ने तरिका

१ Members.nrna.org वेभसाइटमा जाने 

२. Create मा क्लिक गर्ने ।

३. Select Country मा Kuwait राखेर आफ्नो विबरण भरि I agree to NRNA Term and Privacy Policy मा मार्क गरेर Register गर्ने । ४. सोधेको Image छान्रे ।

५. मोबाईल वा इमेलमा आएको 4 Digit Code हालेर Verify गर्ने ।

६. Personal Information र Documents Upload गर्ने ।

७. Make Payment मा Paid Registered Member छानेर Next गर्ने ।

८. आफ्नो बिवरण सहि भएमा Confirm गर्ने ।

अन्त्यमा एनसिसि कुवेतको आधिकारीक व्यक्तिहरुबाट रुझु गरि Approve गरिसकेपछि एनआरएनको पञ्जिकृत सदस्य बन्नेछ । अधिवेशनको सम्बन्धि सम्पुणर् आवस्यक जानकारी NRNA– NCC को आधिकारीक फेसबुक पेज र विभिन्न मिडिया कर्मीहरुको संचार माध्यम साथै फेसबुक पेज बाट सुचना प्रकाशित गरिने छ । साथै यस सम्बन्धित बाहिर कहि कतै अनाधिकारिक र गलत सुचना सम्प्रेषण नगर्न नगराउन हुन अनुरोध गर्दै गलत सुचनाबाट कोहि कसै पिडित भएमा सम्बन्धित स्रोत नै जिम्मेवार हुनुपर्नेछ । अतः हाम्रो गौरबमय संस्थाले NRNA विधि बिधानलाई सर्वोपरी मान्दै सदैव “नेपालीका लागी नेपाली” भन्ने मुल नाराका साथ नेपाली श्रमिकहरुको हकहित, न्याय र देश विकाशको निम्ति अनवरतरुपमा काम गरिरहेको छ ।

मातृभुमीमा परेको प्राकृतिक प्रकोपमा होस या विदेशमा अलपत्र परेका नेपाली दाजुभाइ, दिदिबहिनीहरुको सहयोग र उद्दारको निम्ति गैरआवासिय नेपाली संघ अहोरात्र सहयोगमा जुटिरहेको कुरा यहाँहरुमा अवगत नै छ । हालै मातृभुमिमा कोभिड-१९को कारण भयावह स्थिति सृजना भएको र अस्पतालहरुमा अक्सिजनको अभाव भइ हाम्रा बुवाआमा, दाजुभाइ दिदिबहिनीहरुको कष्टकर मृत्युवरण भैरहेको कहालीलाग्दो पिडादायी अवस्था दिनानुदिन बढी नै रहेको छ । र यो आपतकालिन घडिमा अक्सिजनको आवश्यकता पुर्ती गरि बिरामीहरुलाई उपचार गर्न सहज बनाई जीवन बचाउनको निम्ति एनआरएन मध्यपुर्वले ६ सय थान अक्सिजन सिलिन्डर यहि हप्ता नेपाल पठाउन लागेको कुरा यहाँहरु समक्ष जानकारी गराउन पाउँदा गर्ब महशुस गर्दै NRNA–NCC कुवेतले चलाएको आपतकालिन अभियानमा तपाईहरु संस्थागत, ब्यक्तिगत सबै-सबैले आ-आफ्नो ठाउँबाट आर्थिक सहयोगको गरि पुर्याउनु भएको सहयोगको निम्ती गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय समिती कुवते हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...