News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • समसामयिक मुक्तकहरू

    हिमालीसंचार संवाददाता
    ७८७ पटक

    मुक्तक – १

    नीतिसिति सबै कुरा विकारजस्तै भयो
    गर्व गर्ने चिज पनि धिक्कारजस्तै भयो
    बाघचालमा शासकले बाख्रा थुनिरहेछ
    लुटेराको लुटमा देश शिकारजस्तै भयो !

    मुक्तक – २

    पीरको पर्वत छोपिदिने बर्को कहाँ होला
    खाडीबाट स्वदेश फिर्ने लर्को कहाँ होला
    थाहा भए भनिदिनुस् आज मलाई हजुर
    भोकभन्दा ठुलो काव्य अर्को कहाँ होला ?

    मुक्तक – ३

    जिउँदै मर्यो भनी लेख्ने पत्रकार छँदैछ नि
    शहरभरि हेरी अघाउने परिकार छँदैछ नि
    चिन्ता किन गर्दछौ आज ए देशबासीहरू
    मूर्दाको पनि भत्ता थाप्ने सरकार छँदैछ नि !

    मुक्तक – ४

    भोका नाङ्गा भेट्यो भने बाटो तर्की जान्छ
    अरूको श्रम पसिनामा पानी छर्की जान्छ
    के देख्छ र मान्छे यहाँ धनको पछि लाग्छ
    नाङ्गै आउँछ यो धर्तीमा नाङ्गै फर्की जान्छ !

    मुक्तक – ५

    अरूको भाग मानो छैन आफू थाप्छ मुरी
    आफन्तले डण्डी बोके आफू बोक्छ छुरी
    अहंकारले डसेपछि विष झार्न गाह्रो हुन्छ
    छरछिमेकीले हात्ती चढे आफू चढ्छ धुरी !

    मुक्तक – ६

    मख्न मस्यौरा मन्त्र पनि घरघरैमा ल्याउँछ
    दारू भारू आरू सर्वत छेलोखेलो प्याउँछ
    बीउ विर्य बिमारी भोकमारी जम्मै उतैबाट
    उसले चाहेमा यो देशमा राँगो पनि ब्याउँछ !

    मुक्तक – ७

    धर्मको त्रासले भक्तजन मनाएर के हुन्छ र
    अचेतन लस्करलाई रथ तनाएर के हुन्छ र
    भन अब पादरी, मुल्लाहा र पुजारीहरू हो
    मूर्दाहरूले ढोग्ने मन्दिर बनाएर के हुन्छ र ?

    मुक्तक – ८

    जिन्दगीको अँधेरी पनि ढलिजाने रात न हो
    मोह जाग्नु मनको नै अहंकारको मात न हो
    राग विराग पक्ष-विपक्ष प्रकृतिसँग केही हुन्न
    जन्मसाथै मृत्यु आउँछ समयको बात न हो !

    मुक्तक – ९

    सज्जन जति दुश्मन भए दुर्जन जति दोस्ति
    निर्धनलाई भोककै चिन्ता साहुलाई त मस्ति
    मानिसजस्तो स्वार्थी प्राणी आज अर्को छैन
    रङ्कलाई त शासन भो रैतीहरूलाई सास्ति !

    मुक्तक – १०

    हरेक रातपछि ब्युँझी उठ्ने विहान भए पुग्छ
    जिन्दगीमा सँगसँगै जिउने जाहान भए पुग्छ
    के पो गर्छौ र दौलत थुपारेर मर्दा लाने होइन
    आखिरीमा ९ फिटको एक चिहान भए पुग्छ !

    ✍ प्रथा।

    प्रतिकृया दिनुहोस्

    तीन वर्षे बालक अक्षतराजको नाममा मादल बजाउने अनौठो कीर्तिमान

    काठमाडौं, वैशाख २८ – सानै उमेरमा असाधारण प्रतिभा देखाउँदै मोरङका बालक अक्षतराज पौडेलले मादल बजाउने...

    मकै भित्र्याउन कृषकहरू व्यस्त

    मोरङ, वैशाख २८ – रंगेली, सुनवर्सी, रतुवामाई, धनपालथान लगायतका दक्षिणी भेगमा बसोबास गर्ने कृषकहरू अहिले...

    झापामा खुकुरी प्रहार गरी श्रीमानको हातबाट श्रीमती को हत्या, श्रीमान पक्राउ

    झापा, वैशाख २८ – झापाको कन्काई नगरपालिकास्थित सुकेडागी क्षेत्रमा एक हृदयविदारक घटना घटेको छ, जहाँ...

    सुनको भाउ घट्दा चाँदीमा सामान्य वृद्धि : आइतबारको बजार मूल्य

    काठमाडौँ, वैशाख २८ — नेपाली सुनचाँदी बजारमा आइतबार छापावाल सुनको मूल्यमा सामान्य गिरावट देखिएको छ...

    नवलपुरमा नयाँ मोटरसाइकल किनेको केही घण्टामै दाजु–भाइको निधन

    बुटवल, वैशाख २८ – नवलपरासी पूर्व (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–१ स्थित लोकाहा जंगलमा शनिबार साँझ भएको...