News Portal

पप्पु कन्स्ट्रक्सनका प्रमुखलाई पक्राउ गर्न अदालतको पूर्जी

गौतम श्रेष्ठ
६०६ पटक

९ असोज, रौतहट – जिल्ला अदालत रौतहटले पप्पु कन्सट्रक्सनका प्रमुख सुमित रौनियारलाई पक्राउ गर्न पूर्जी जारी गरेको छ ।

भदौ ९ गते रौतहटको लाल बकैया नदीमा डुङ्गा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको मुद्दामा अनुसन्धानका लागि पप्पु कन्सन्ट्रक्सनका प्रमुखलाई बोलाइएको थियो । तर, रौनियार अनुपस्थित भएपछि जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको छ । जिल्ला अदालतले जारी गरेको पक्राउ पूर्जी जिल्ला प्रहरी कार्यालय रौतहटमा पुगेको छ ।

भदौ ९ गते टिकुलियामा रहेको लाल बकैया नदीमा २९ जना सवार डुङ्गा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो । निर्माधाीन पुलको पिल्लरमा ठोक्किएर डुङ्गा फुट्दा दुर्घटना भएको र समयमै पुल निर्माणको काम नसक्ने कम्पनी दोषी भएका भन्दै स्थानीयले जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएका थिए ।

निर्माण कम्पनीको चरम लापरवाहीका कारण स्थानियले अकालमै ज्यान गुमाउनु परेपछि लापरवाही गर्ने पप्पु कन्सन्ट्रक्सनविरुद्ध मुद्दा दायर भएको थियो ।

२०७४ अषाढ सम्ममा निर्माण सम्पन्न हुनु पर्ने पुलको ५० प्रतिशत पनि काम भएको छैन । पाँच वटा पिल्लर बाहेक अरु कुनै पनि संरचना बनेको छैन ।

२०७१ साल कार्तिक २९ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले गौर नगरपालिका–४ टिकुलिया घाटस्थित लाल बकैया नदीमा पक्की पुलको शिलान्यास गरेका थिए । २२५ मिटर लामो पुल १६ करोड ८६ लाखको लागतमा निर्माण हुने तय गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...