News Portal

इजरेल–प्यालेस्टाइन हानाहान जारी, नेतान्याहुले दिए यस्तो चेतावनी

हिमालीसंचार संवाददाता
४०६ पटक

एजेन्सी – इजरेली सेना र प्यालेस्टाइनी विद्रोहीबीच लगातार ५ दिनदेखि गोलाबारी जारी छ। बीबीसीका अनुसार इजरेलले गाजा क्षेत्रमा आफ्नो कारबाही तीव्र पारेको छ भने प्यालेस्टाइनी चरमपन्थीले पनि इजरेलमा क्षेप्यास्त्र प्रहारी जारी राखेको छ।

यसैबीच इजरेली प्रधानमन्त्री बिन्यामिन नेतान्याहुले प्यालेस्टानी विद्रोही हमासविरुद्ध हालैका वर्षमा सबैभन्दा ठूलो कारबाही भइरहेको र यो चाँडै अन्त्य नहुने चेतावनी दिएका छन्।

शुक्रबार साँझ तेल अभिभ सहरको सुरक्षा सम्बन्धमा आयोजित बैठकपछि उनले भने, ‘हाम्रो राजधानीमा हमला गरिएको छ र हाम्रा सहरमा क्षेप्यास्त्र हानिएको छ। उसले यसको महँगो मूल्य चुकाउनुपर्नेछ र ठूलो क्षति बेहोरिरेको पनि छ।’

यसअघि नेतान्याहुले भनेका थिए, ‘इजरेली सेना गाजा क्षेत्रमा त्यतिबेलासम्म रहनेछन्, जतिबेलासम्म त्यहाँ सैन्य कारबाही आवश्यक हुन्छ।’ उता हमासका सैन्य प्रवक्ताले चेतावनी दिएका छन्, ‘इजरेली सेनाले स्थलगत कारबाही गर्ने निर्णय गर्‍यो भने हामी त्यसको कडा जवाफ दिन तयार छौं।’

प्यालेस्टाइनी विद्रोही र इजरेली सेनाबीच गत सोमबारदेखि गोलाबारी भइरहेको हो। जसमा परी अहिलेसम्म गाजामा सयभन्दा बढी र इजरेलमा ७ जनाको मृत्यु भइसकेको छ।

प्रतिकृया दिनुहोस्

रास्वपाको स्पष्ट सन्देश: अघिल्लो सरकारका नियुक्तिहरूले राजीनामा दिनुहोस्

काठमाडौँ, चैत २० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघिल्लो सरकारका बेला राजनीतिक सिफारिसका आधारमा...

उपसभामुखबारे छलफल भएको छैन : रवि लामिछाने

काठमाडौं, चैत २० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उपसभामुख चयनबारे हालसम्म...

रङ्गेलीमा परीक्षा सुरु, एक महिनामै नतिजा निकाल्ने तयारीले विद्यार्थी उत्साहित

मोरङ, चैत २० – रङ्गेली नगरपालिकामा तीन स्थानमा परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित आदर्श माध्यमिक...

आज २०८२ साल चैत २० गतेको राशिफल

आज चैत २०, २०८२ ( अप्रिल ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...