News Portal

नेपाली जनसम्पर्क समिति साउदीको सभापतिमा थापा

हिमालीसंचार संवाददाता
४७९ पटक

रियाद – नेपाली जनसम्पर्क समिति साउदी अरबको सभापतिमा तुसङबहादुर थापा (अर्जुन थापा) निर्वाचित भएका छन्। कोरोना महामारीका कारण जुम प्रविधिमार्फत गरिएको दोस्रो अधिवेशनमार्फत थापा समिति सर्वसम्मत रुपमा सभापति चयन भएका हुन्।

यस्तै समितिको वरिष्ठ उपसभापतिमा द्वारिकाराज गिरी चयन भएका छन् भने, उपसभापतिमा पदमप्रसाद पाण्डे चयन भएका छन्। यसैगरी समितिको महामन्त्रीमा सुरेशराज त्रिपाठी, कोषाध्यक्षमा अरुण बेल्बासे, सहमहामन्त्रीमा सुजनसेर राई चयन भएका छन्।

यसैगरी सदस्यहरुमा गोपाल पंगेनी, नरेश सापकोटा, कृष्ण भुसाल, पदमबहादुर महता, सूर्यमणि पाण्डे, कल्पना बस्नेत पोख्रेल, बुद्धिमान घले, भीमबहादुर विश्वकर्मा र तुल्सीराम दुवाल चयन भएका छन्। अधिवेशनले महासमिति सदस्यमा तुसुङबहादुर थापा, दीपक रेग्मि र द्वारिकाराज गिरीलाई चयन गरेको छ भने, महाधिबेशन प्रतिनिधिमा क्रमशः सुरेशराज त्रिपाठी, प्रमोद लामिछाने, पुरुषोत्तम खनाल र नमराज लामिछानेलाई चयन गरेको निर्वाचन समितिले जनाएको छ।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...