News Portal

क-कसलाई मन्त्री बनाउदैछन ओली !

हिमालीसंचार संवाददाता
४१८ पटक

काठमाडौं – बहुमतको सरकार बनाउन विपक्षी दल असफल भएपछि पुनः नियुक्ति पाउन सफल प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रबार दिउँसो शपथ ग्रहण गर्ने कार्यक्रम छ। वैशाख २७ गते संसदमा विश्वासको मत पाउन नसकेपछि पदबाट बाहिरिएका ओलीलाई संविधानको धारा ७६ (३) अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति पुनः प्रधानमन्त्री चयन गरेकी हुन्।

यसअघि विश्वासको मत नपाउँदा ओलीसँगै उनको नेतृत्वको सरकार पनि कामचलाउ भइसकेको छ। त्यसैले आज उनले शपथ ग्रहण गर्नुअघि नयाँ मन्त्री नियुक्ति तथा पुराना मन्त्रीलाई पुनःनियुक्ति गर्नुपर्नेछ। यसर्थ प्रधानमन्त्री ओली अहिले क-कसलाई मन्त्री बनाउने भन्ने विषयमा आन्तरिक छलफलमा जुट्न लागेका छन्।

स्रोतका अनुसार त्यसका लागि ओलीले आफूनिकट नेताहरूलाई प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) बोलाएका छन्। ओलीले आज सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको बताइएको छ।

प्रतिकृया दिनुहोस्

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास...

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...