News Portal

क-कसलाई मन्त्री बनाउदैछन ओली !

हिमालीसंचार संवाददाता
४९५ पटक

काठमाडौं – बहुमतको सरकार बनाउन विपक्षी दल असफल भएपछि पुनः नियुक्ति पाउन सफल प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रबार दिउँसो शपथ ग्रहण गर्ने कार्यक्रम छ। वैशाख २७ गते संसदमा विश्वासको मत पाउन नसकेपछि पदबाट बाहिरिएका ओलीलाई संविधानको धारा ७६ (३) अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति पुनः प्रधानमन्त्री चयन गरेकी हुन्।

यसअघि विश्वासको मत नपाउँदा ओलीसँगै उनको नेतृत्वको सरकार पनि कामचलाउ भइसकेको छ। त्यसैले आज उनले शपथ ग्रहण गर्नुअघि नयाँ मन्त्री नियुक्ति तथा पुराना मन्त्रीलाई पुनःनियुक्ति गर्नुपर्नेछ। यसर्थ प्रधानमन्त्री ओली अहिले क-कसलाई मन्त्री बनाउने भन्ने विषयमा आन्तरिक छलफलमा जुट्न लागेका छन्।

स्रोतका अनुसार त्यसका लागि ओलीले आफूनिकट नेताहरूलाई प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) बोलाएका छन्। ओलीले आज सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको बताइएको छ।

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...