News Portal

इजरायल–प्यालेस्टाइन तनाव झन चर्किँदै, इजरायलले गरेको भीषण बमबारीमा ३५ प्यालेस्टाइनीको मृत्यु

हिमालीसंचार संवाददाता
५९४ पटक

एजेन्सी – इजरायलले प्यालेस्टाइनको गाजा क्षेत्रमा भीषण बमबारी गरेको छ। सोमबारदेखि गरेको बमबारी बुधबार बिहानैदेखि निरन्तरता दिएको हो। लगातार गरेको सो बमबारीमा कम्तिमा ३५ प्यालेस्टाइनीको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा १० जना बालबालिका रहेको अलजजिराले उल्लेख गरेको छ।

आक्रमण सन् २०१४ यताकै सबभन्दा ठुलो भएको बताइएको छ। यससँगै इजरायल–प्लोस्टाइन तनाव झन चर्किएको छ। दुवै पक्षले आक्रमणलाई तीव्र बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। मंगलबार प्यालेस्टाइनी सेनाले इजरायलमाथि सयौँ रकेट प्रहार गरेको थियो। आक्रमणमा ३ जनाको मृत्यु हुनाको साथै १२ जना घाइते भएको बताइएको छ।

यसअघि इजरायलले गाजा क्षेत्रमा गरेको हवाई आक्रमणको जवाफ स्वरूप प्यालेस्टाइनले रकेट आक्रमण गरेको हो। सो आक्रमणपछि इजरायलले लड सहरमा संकटकाल घोषणा गरेको छ। मंगलबार राति इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले संकटकाल घोषणा गरेका हुन्।

इजरायल–प्यालेस्टाइनको तनाव चर्किएपछि अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई शान्ति कायम गर्न आग्रह गरेको छ। त्यस्तै संयुक्त राष्ट्रसंघले पूर्ण युद्धको स्थिति हुन लागेकाले दुवै पक्षलाई आक्रमण रोक्न आग्रह गरेको छ।

युद्धका कारण गाजा क्षेत्रका सामान्य मानिसले ठुलो मूल्य चुकाउनु परिरहेको उल्लेख गर्दै राष्ट्रसंघले हिंसा रोक्ने विषयमा सबै पक्षको ध्यानाकर्षण गराएको छ।

प्रतिकृया दिनुहोस्

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...