News Portal

इजरायल–प्यालेस्टाइन तनाव झन चर्किँदै, इजरायलले गरेको भीषण बमबारीमा ३५ प्यालेस्टाइनीको मृत्यु

हिमालीसंचार संवाददाता
५२८ पटक

एजेन्सी – इजरायलले प्यालेस्टाइनको गाजा क्षेत्रमा भीषण बमबारी गरेको छ। सोमबारदेखि गरेको बमबारी बुधबार बिहानैदेखि निरन्तरता दिएको हो। लगातार गरेको सो बमबारीमा कम्तिमा ३५ प्यालेस्टाइनीको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा १० जना बालबालिका रहेको अलजजिराले उल्लेख गरेको छ।

आक्रमण सन् २०१४ यताकै सबभन्दा ठुलो भएको बताइएको छ। यससँगै इजरायल–प्लोस्टाइन तनाव झन चर्किएको छ। दुवै पक्षले आक्रमणलाई तीव्र बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। मंगलबार प्यालेस्टाइनी सेनाले इजरायलमाथि सयौँ रकेट प्रहार गरेको थियो। आक्रमणमा ३ जनाको मृत्यु हुनाको साथै १२ जना घाइते भएको बताइएको छ।

यसअघि इजरायलले गाजा क्षेत्रमा गरेको हवाई आक्रमणको जवाफ स्वरूप प्यालेस्टाइनले रकेट आक्रमण गरेको हो। सो आक्रमणपछि इजरायलले लड सहरमा संकटकाल घोषणा गरेको छ। मंगलबार राति इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले संकटकाल घोषणा गरेका हुन्।

इजरायल–प्यालेस्टाइनको तनाव चर्किएपछि अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई शान्ति कायम गर्न आग्रह गरेको छ। त्यस्तै संयुक्त राष्ट्रसंघले पूर्ण युद्धको स्थिति हुन लागेकाले दुवै पक्षलाई आक्रमण रोक्न आग्रह गरेको छ।

युद्धका कारण गाजा क्षेत्रका सामान्य मानिसले ठुलो मूल्य चुकाउनु परिरहेको उल्लेख गर्दै राष्ट्रसंघले हिंसा रोक्ने विषयमा सबै पक्षको ध्यानाकर्षण गराएको छ।

प्रतिकृया दिनुहोस्

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...