News Portal

  • गाडीभित्रै बालिका बलात्कारको प्रयास, स्थानीयको सहयोगमा आरोपित पक्राउ

    हिमालीसंचार संवाददाता
    ५३१ पटक

    मोतीराम तिमल्सिना
    काभ्रे – काभ्रेपलाञ्चोक जिल्ला प्रशासनले लगाएको निषेधाज्ञामा स्कर्पियो गाडीमा घर लगिदिने भन्दै जंगलमा पुर्याई १५ वर्षिया बालिकालाई बलात्कारको प्रयास भएको छ। बालिका बलात्कार गर्न खोज्ने युवक र उनले प्रयोग गरेको गाडीलाई स्थानीयको सहयोगमा प्रहरीले पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा चौरीदेउराली गाउँपालिका–६ घर भई बनेपा डेरा गरी बस्ने वर्ष २५ का विराज कार्की छन्। उनले प्रयोग गरेको स्मार्ट पालिका लेखिएको स्कारपियो बा२०च ५४८३ नम्बरको गाडीसमेत नियन्त्रणमा लिइएको छ। त्यही गाडी जंगलमा पुर्याई गाडीभित्र बालिकालाई जबरजस्ती करणीको प्रयास गरिएको थियो। बनेपाबाट पनौती पुर्याइदिन्छु भन्दै काठमाडौ जाने सडक हुँदै बनेपा–११ सिनागालस्थित शारदादेवी सामुदायिक वनमा पु-याएर चालकले बलात्कारको प्रयास गरेका थिए।

    ‘पनौती नगरपालिका–५ सुब्बागाउँबाट बनेपामा मजदुरी गरेको पैसा लिन आएर फर्कंदै थिएँ’, पीडित बालिकाले भन्नुभयो– ‘बनेपाबाट घर पु-याइदिन्छु भन्दै मलाई गाडी चढ्न कर गरे। मैले हिँडेरै जान्छु भनें तर उनले पु-याइदिन्छु भन्दै कर गरे। होला नि त भन्ने विश्वासमा गाडी चढें। ’‘पनौती जाने मान्छे गाडी जनागालतर्फ मोडियो। मैले किन यता भन्दै थिएँ सानो काम छ फर्किहाल्ने भन्दै उता लगे। अपांगअस्पताल हुँदै माथि जंगलमा पुर्याए’, पीडितको कथन छ– ‘गाडीभित्रै मलाई जबरजस्तीको प्रयास गरे। शरीरका संवेदनशील अंगहरुमा जबरजस्ती गरे। मैले तपाईंले के गर्न खोज्या हो म सहमत छु तर मलाई एकपटक पिसाब गर्न दिनुस् भनें।’

    कार्कीले शुरुमा मान्दै नमानेको र आफू रुन थालेपछि उनले गाडीकै मुनि पिसाब गर्ने सर्तमा लक गरिएको गाडीको ढोका खोलिदिएको र त्यही बेला पिसाब गरेजस्तो गरी भागेको बालिकाको भनाइ छ। ‘रुँदैरुँदै भाग्न थालें। ऊ पछिपछि आएको थियो। म भाग्दै आएको देखेर ऊ फर्किएर गाडी लिएर भाग्यो। म गाउँमा आइपुगेपछि स्थानीयले देख्नुभयो। वडाध्यक्ष शिवकुमार थापासहितको टोलीले मलाई प्रहरी बोलाएर जिम्मा लगाए’, इलाका प्रहरी कार्यालय बनेपामा आमासँग उजुरी दिन आएकी बालिकाले भन्नुभयो– ‘केही स्थानीय मोटरसाइल लिएर उसको खोजीमा लागेछन्। ऊ जंगलैजंगलको बाटो भागेर प्रहरीको बाटो छल्ने प्रयास गरेको रहेछ। वडाध्यक्षसहितको प्रयासले ऊ पक्राउ पर्यो।’

    वडाध्यक्ष शिवकुमार थापाले बालिका रुँदै कराउँदै आएपछि उनको उद्धार गरी प्रहरीको सहयोगमा गाडीसहित युवकलाई पक्राउ गरिएको बताउनुभयो। प्रहरी प्रवक्ता तथा डीएसपी हरि खतिवडाले बालिकालाई बलात्कार गर्न खोज्ने युवकलाई गाडीसहित पनौतीबाट नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको बताउनुभयो।

    बालिकाको आमाले सोमबार नै इलाका प्रहरी कार्यालय बनेपामा जाहेरी दिनुभएको छ। स्थानीय युवाहरुको सक्रियतामा बालिकाको उद्धार गरी युवक पक्राउ परेका हुन्। प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले अपराधमा संलग्नलाई कानुनअनुसार कारवाही हुने बताउनुभएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    राप्रपा जुम्लाका नेता–सदस्य निलम्बित

    काठमाडौं, २९ असोज – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जुम्ला जिल्लाका चार जना नेता–सदस्यलाई एक...

    विपिन जोशीको सम्झनामा जेन जी युवाहरुले बुधबार दीप प्रज्वलन गर्ने

    काठमाडौं, असोज २९ – इजरायलमा अपहरणमा परेर ज्यान गुमाएका विपिन जोशीको सम्झनामा जेनजीका युवाहरू बुधबार...

    एमालेको महाधिवेशन मङ्सिरमा पोखरामा हुने, ओलीले प्रस्ताव गरे

    काठमाडौं, असोज २९ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११ औँ महाधिवेशन मङ्सिर...

    ओली : पार्टी कमिटीले भने मात्र राजीनामा दिन्छु, फेसबुकले होइन

    काठमाडौं, असोज २९ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद र चुनौती समाधान...

    रामबाघ महलमा एमालेको केन्द्रीय कमिटी बैठक सुरु

    ललितपुर, असोज २९ – नेकपा एमालेको १०औं केन्द्रीय कमिटी बैठक बुधबार ललितपुरको जावलाखेलस्थित रामबाघ महलमा...