आज : २०२६-०६-०८, सोमबार

छोरो त दोग्लै थियो

संसार नै जलेपछि आमाको मन त बेग्लै थियो
पुछेर नियालिन् तस्बिरमा छोरो त दोग्लै थियो !

पुरानो झुपडीसँगै आँगनी पनि सुनसान थियो
दैलामा नखुल्ने गरी तेर्सिएको त आग्लै थियो !

कफन बक्सभित्र छोराको शव आएको थियो
आमाले हेरिन् तेल घस्या गोडा त सग्लै थियो !

कहिल्यै नउठ्ने गरेर त्यो पहाड ढलेको थियो
आमाले देखिन् चक्रमा ल्याप्चेको थेग्लै थियो !

घाटमा चितामाथि शरीर दन-दनी जल्दै थियो
आमाले नापिन् छोरो ‘बा’भन्दा त अग्लै थियो !

संसार नै जलेपछि आमाको मन त बेग्लै थियो
पुछेर नियालिन् तस्बिरमा छोरो त दोग्लै थियो !

प्रथा
– काठमाडौँ, नेपाल।