News Portal

काठमाडौंमा बन्दैछ ३२ तल्लभ्यू टावर’

हिमाली संचार संवाददाता
६७५ पटक

काठमाडौं -लामो समयदेखि चर्चामा रहेको बहुउद्देश्यीय भवन निर्माणमा आइडिया फोर नेपाल र मिग नेपाल प्रालिले लगानी गर्ने सम्झौता गरेको हो ।

यी कम्पनीमा हङकङ तथा अन्य मुलुकमा बस्ने नेपाली मुलका व्यक्तिहरुको ४९ प्रतिशत शेयर छ । आवश्यक कानुनी प्रक्रियापछि लगानीसमेत जुटाइसकेको आइडिया फोर नेपालकी निर्देशक चिङ चिङ सीले जानकारी दिइन् ।

हङकङ नागरिक सिले बस पार्कमा निर्माण हुने भ्यू टावरको सम्पूर्ण गतिविधि हङकङस्थित आइडिया फोर नेपालको कार्याबाट सिसि क्यामराबाट नियाल्न सकिने बताइन् । त्यसका लागि सिसि क्यामरा जडान गरिसकेको उनले बताइन् ।


यस अघि जलेश्वर स्वच्छन्द विकोई विल्डर्स कम्पनीले ५१ प्रतिशत शेयर रहेने गरी महानगरसँग ३० वर्षका लागि टावर सञ्चालनका लागि सम्झौता गरेको थियो । निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) प्रणाली अनुसार सम्झौता भएपछि यसको निर्माण कार्य अघि बढेको थियो ।

जलेश्वरले सोमबार थप कम्पनीलाई शेयर दिएको छ । अब नेपाली एकसहित दुई एनआरएन कम्पनी मिलेर यो भवन निर्माण गरिने छ ।

यसबीचमा बसपार्कलाई खुलामञ्चमा सार्ने काम भएको छ । भूकम्पका कारण निर्माणमा केही अवरोध आए पनि अब द्रुत गतिमा काम हुने कम्पनीले जनाएको छ ।

महानगर प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पाँच वर्षभित्र भ्यू टावर निर्माण सम्पन्न हुने बताए । ‘टावरबाट सम्पूर्ण उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ,’ उनले भने, ‘यो अत्याधुनिक भवन हो ।’ कम्पनीले सम्पूर्ण अध्ययन गरेर निर्माण कार्य अघि बढाएको भन्दै उनले यो व्यावसायिक भवनमात्र नभएर मुलुककै इज्जत बढाउने दाबी गरे ।

यो भवन परम्परागत कलाशैलीमा भवन निर्माण गरिन्छ । उनका अनुसार अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप टावर निर्माण हुनेछ । भ्यू टावरको भूमिगत ३ तलामा पार्किङ, त्यसमाथि बस, माइक्रो ट्याक्सी लगायतका सवारीसाधन, मोटरसाइकल लगायतका स्टेसन रहने छ ।

निर्माण सम्पन्न भइसकेपछि पहिलेजस्तै यहाँबाट यातायातका साधन उपत्यका विभिन्न स्थानका लागि छुट्ने उनले बताए ।

‘निर्माण सम्पन्न भएपछि अन्य मुलुकका महानगरमा जस्तै भ्यू टावरले पनि छुट्टै पहिचान दिनेछ, दरबारमार्ग, असन इन्द्रचोक न्युरोड लगायतको ट्राफिक जाम पनि कम हुन्छ, ।

न्युरोडसम्म घुम्न र किनमेल गर्न जाने मानिसहरुका सवारीसाधन भ्यू टावरमै पार्किङ गर्न सकिने उनले बताए । राजधानीमा पर्यटकीय आकर्षण समेत बढ्ने विश्वास महानगरको छ ।

टावरलाई व्यापारिक केन्द्रका रूपमा विकसित गरिने बताइएको छ । टावरमा चारवटा मनोरञ्जन हल, सपिङ कम्प्लेक्स, ट्रेनिङ हल, बैंक, अस्पताल, रेस्टुरेन्ट, पुस्तकालय समेत बनाइनेछ ।

टावरका सबै तला चौबिसै घन्टा खुला रहनेछ । जलेश्वर स्वच्छन्द विकोई विल्डर्स कम्पनीले तीस वर्षसम्म उक्त टावर सञ्चालन गर्नेछ । सम्झौताअनुसार कम्पनीले तीस वर्षपछि महानगरलाई टावर हस्तान्तरण गर्नेछ ।

टावर निर्माण गर्न करिब साढे ७ अर्ब रुपैयाँ लाग्ने अनुमान कम्पनीको छ । कम्पनीले महानगरलाई जमिनको पहिलो वर्ष ७० लाख रुपैयाँ भाडा तिर्नेछ । त्यसपछि प्रत्येक वर्ष दस प्रतिशतका दरले बढ्ने सम्झौता छ ।

टावर निर्माणपश्चात् प्रत्येक वर्ष १ करोड ६५ लाख रुपैयाँ महानगरलाई राजस्व बुझाउने र त्यो वर्षैपिच्छे ३ प्रतिशतले बढ्नेछ । कम्पनीका प्रबन्ध निर्देशक मनोजकुमार भेटवालले निर्माणका लागि अधिकांश उपकरण ल्याइसकेको बताए । उनले ३ वर्षभित्र निर्माण सम्पन्न भइसक्ने बताए ।

प्रतिकृया दिनुहोस्

झापामा चुनावी संवाद: बालेन र शिक्षकबीच रोचक बहस

झापा, माघ ४ — प्रतिनिधि सभा निर्वाचनको माहोल तातिँदै जाँदा झापा–५ मा एक चुनावी कार्यक्रममा...

प्रहरी कार्यालयबाट लुटिएको पेस्तोलसहित दुई जना पक्राउ

झापा, फागुन ४ — बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयबाट लुटिएको हतियार प्रकरणमा दुई जनालाई प्रहरीले पक्राउ...

गंगाजमुना–५ मा रमेश धमलाको घरदैलो अभियान, पञ्चेबाजासहित भव्य स्वागत

धादिङ – प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार रमेश...

आज २०८२ साल फागुन ४ गतेको राशिफल

आज फागुन ४, २०८२ ( फेब्रुअरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाले नागरिक करारपत्र सार्वजनिक गर्यो : दलीयकरण अन्त्य र सम्पत्ति छानबिनमा जोड

काठमाडौं, ३ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनको तयारीका क्रममा नागरिक करारपत्र...