News Portal

कर्णालीबाट निलम्बन परेका दुई एसपीसहित इन्सपेक्टरको निलम्बन फुकुवा गर्न सिफारिस

हिमालीसंचार संवाददाता
४४४ पटक

काठमाडौँ – भ्रष्टाचार मुद्दामा निलम्बन गरिएका नेपाल प्रहरीका दुई उपरिक्षक (एसपी)को निलम्बन फुकुवा गर्न सिफारिस गरिएको छ। प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादव र विमल बस्नेतको निलम्बन फुकुवा गर्न गृह मन्त्रालयमा सिफारिस गरेको हो।

प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतका अनुसार इन्सपेक्टर मेघराज चौरसियालाई पनि सेवामा फिर्ता बोलाउन सिफारिस गरिएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतमा रहँदा उनीहरुले भ्रष्टाचार गरेको आरोपमा गृहमन्त्रालयले ०७७ मंसिरमा तीनै जनालाई निलम्बन गर्ने निर्णय गरेको थियो।

प्रहरी प्रधान कार्यालयले दुई एसपीको ५ ग्रेड तलव घटुवा गरेको छ। इन्सपेक्टर चौरसियाको चार ग्रेड तलब घटुवा गरिएको छ। प्रहरी नियमावली–०७१ को नियम (११२) अनुसार अनुशासनहीन काम गरेमा, आदेश नमानेमा, बिनाकारण कार्यालयमा अनुपस्थित भएमा र लापरवाही गरेमा ग्रेड घटुवा गर्न मिल्ने व्यवस्था छ।

प्रहरीले नियमावलीले भ्रष्टाचार गर्ने कर्मचारीलाई सेवाबाट बर्खास्त गर्ने व्यवस्था गरेको छ। तर, प्रहरी प्रधान कार्यालयले उनीहरुलाई सामान्य कारवाही गरेर बिहीबार सेवामा फिर्ता गर्नका लागी गृह मन्त्रालयमा सिफारिस गरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...