News Portal

‘अवैध सम्बन्ध राख्‍न’ दबाब दिने दलित विकास समिति उपाध्यक्षविरुद्ध सदस्यकै उजुरी

हिमालीसंचार संवाददाता
६११ पटक

जनकपुर – प्रदेश–२ दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठाविरुद्ध आयोगकी सदस्य ललिता दासले उजुरी दिएका छन्। ‘अवैध सम्बन्ध राख्‍न’ दबाब दिएको भन्दै दासले ईलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएकी हुन्। दासले चरित्र हत्या गरेको र समाजिक सञ्‍जाल मेसेन्जरबाट अपशब्द प्रयोग गरेको भन्दै पक्राउ गर्न बैठाविरुद्ध उजुरी दिएकी छन्।

दलित समितिमा चयन भएको अवसरमा शपथ ग्रहणको लागि आमन्त्रित गर्दै उपाध्यक्ष बैठाले गएको चैत ९ गते राति ११ बजेतिर चरित्र हत्या हुने गरी अवैध सम्बन्ध राख्‍न मेसेन्जरमा प्रस्ताव गर्दा आफूले अस्वीकार गरेपछि लज्जित हुने खालका अभद्र गालीगलौज गरेको दासले आफ्नो उजुरीमा उल्लेख गरेकी छन्।

पार्टीले कुनै चासो नलिएपछि आफू प्रहरीमा जानु परेको दास बताउँछिन्। उनी भन्छिन्,‘नारी सशक्तीकरणको आवाज चारैतिरबाट गुन्जिरहेका बेला एउटा सार्वजनिक पद धारण गरेको व्यक्तिले महिलामाथि गलत नियत राख्नु गलत रहेको र मनोवल गिराउने काम गरेकाले कारवाही गर्न पार्टीभित्र माग गर्दा पनि कुनै चासो नलिएपछि म बाध्य भएर प्रहरीमा उजुरी दिएकी हुँ।’

आयोगका उपाध्यक्ष बैठा र सदस्य दास दुवै सत्तारुढ जनता समाजवादी पार्टीबाट चयन भएका हुन्। बैठा तात्कालीन राजपाको कोटाबाट आएका हुन् भने दास समाजवादी पार्टीको कोटाबाट नियुक्त भएकी हुन्।

दासले आरोपी बैठाको यस्तो गलत क्रियाकलापले आफ्नो दाम्पत्य जीवनमासमेत धरापमा पर्न लागेको भन्दै आरोपीलाई तत्काल पक्राउ गरेर घटनाको छानबिन गर्न पनि गर्न माग गरेकी छन्। दुवैबीच भएको मेसेन्जर संवाद पनि बाहिरिएको छ। उक्त संवादमा दुबैबीच चर्काचर्की भएको देखिन्छ।

शपथ ग्रहणका बेला मेसेन्जरमा भइरहेको कुराकानीको क्रममा विवाद बढेको देखिन्छ। उपाध्यक्ष बैठाले दासलाई औकातमा रहेर कुरा गर्न चेतावनी दिँदै अपशब्द प्रयोग गरेका छन्। इकागजसँग कुरा गर्दै दासले भनिन्,‘हामीबीच २/३ वर्षदेखि सामान्य चिनजान थियो, उसले सुरुदेखि गलत नियत राखेर फोन र विभिन्न कार्यक्रममा कुरा गर्दै आएको थियो, त्यसलाई मैले बेवास्ता गर्दै आएकी थिए।’

तर, दलित आयोगमा दुवैजना नियुक्त भएपछि विभिन्न बहानामा आफूलाई फोन र मेसेन्जरमार्फत् अवैध सम्बन्ध राख्ने खालका कुरा गर्दै आएको दास आरोप लगाउँछिन्। उनी भन्छिन्,‘यही क्रममा शपथग्रहणका लागि आमन्त्रणको बहानामा चैत ९ गते राति त हदै पार गरिदियो, अवैध सम्बन्धको प्रस्ताव राख्दा आफूले अस्वीकार गरेपछि अभद्र गालीगलौज गर्‍यो।’

बैठाको यो क्रियाकलापले आफ्नो घर परिवारको सम्बन्धसमेत बिग्रिन थालेको छ र आफ्नो दाम्पत्य जीवनसमेत धरापमा पर्न लागेको दास बताउँछिन्। अर्कोतर्फ उपाध्यक्ष बैठाले मेसेन्जरमा आफूले दासलाई गालीगलौज गरेको स्वीकार गरे पनि अवैध सम्बन्ध राख्ने कुनै प्रस्ताव नगरेको बताउँछन्।

‘मेहेनती र जुझारु महिला भएको कारण आफैले उनलाई आयोगको सदस्यमा नियुक्त गर्न सिफारिस गरेको थिएँ, आफूलाई विभिन्न बहानामा तनाव दिदै आएको कारण कुराकानीको क्रममा अपशब्द प्रयोग हुन गएको हुँ’, बैठा भन्छन्।

ईलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरिक्षक तपन दाहालले बैठाविरुद्ध उजुरी दर्ता भएको जानकारी दिएका छन्। उनी भन्छन्,‘हामीले घटनाबारे छानबिन गरिरहेका छौँ, दुवै पक्षलाई बोलाएका छौँ, वार्ताको माध्यमबाट समाधान गर्न खोज्छौँ नभए काननी प्रक्रियामा अघि बढछौँ।’ हामीले यो समाचार इकागज अनलाइनबाट लिएका हौ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...