News Portal

महामारीमा प्रविधिको प्रयोगमार्फत खोज पत्रकारिता गर्नमा जोड 

हिमालीसंचार संवाददाता
३१५ पटक

झापा-विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ झापा शाखाले सोमवार ‘महामारीको समयमा प्रविधिको प्रयोगमार्फत खोज पत्रकारिता’ विषयक भर्चुअल अन्तरक्रिया सम्पन्न गरेको छ । महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको अन्तरक्रियाको सहजीकरण वरिष्ठ पत्रकार हरिबहादुर थापाले गरेका थिए। कार्यक्रममा अतिथिहरुमध्येबाट नेपाल पत्रकार महासंघ झापा शाखाका पूर्वअध्यक्ष कृष्ण हुमागाईले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा झापासहित मोरङ र यूएई शाखाबाट ५१ जना पत्रकारको सहभागिता थियो। कार्यक्रमका सहजकर्ता खोज पत्रकारितामा लामो समयदेखि क्रियाशील थापाले अहिले भ्रामक समाचारको खेतीले नेपाली मिडियाको विश्वसनियतामाथि चुनौति थपिएको बताउँदै ती चुनौतिको सामना गरेर विश्वसनियता कायम राख्न अग्रसर हुनु पर्ने बताए। कोरोना महामारीको पहिलो पीडित पत्रकारहरु भइरहेको र ७० प्रतिशत पत्रकार कोरानाका कारण कुनै न कुनै रुपमा प्रभावित भएको बताउँदै उनले महामारीको समयमा प्रविधिको प्रयोग गरेर सुरक्षित रुपमा खोज पत्रकारिता गर्न सुझाए।

यसअघि आफैले लेखेका समाचारलाई एकपटक खोतल्ने र फ्लोअप गर्ने हो भने पनि पत्रकारले समाचार लेख्न भ्याईनभ्याई हुने उनको भनाइ थियो । उनले फ्लोअप पत्रकारितामा पनि जोड दिए । महामारीको समयमा स्थानीय सरकारमार्फत उपचार, क्वारेन्टाइन निर्माण, टेन्डर आव्हान लगायतका शीर्षकमा हुने खर्च पारदर्शी बनाउन पत्रकारले भूमिका खेल्नुपर्नेमा उनको जोड थियो। स्थानीय सरकारलाई सुशासनतर्फ अघि डोहो¥याउन त्यहाँका विकृतिको भण्डाफोर र राम्रा कामको ‘खोज स्टोरी’ आवश्यक रहेको बताउँदै उनले त्यसतर्फ पत्रकारले ध्यानदिनुपर्ने बताए।

कार्यक्रममा शुभकामना व्यक्त गर्दै महासंघका पूर्वअध्यक्ष हुमागाईले अघिल्लो पुस्तालाई समेत जोड्दै प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताए । प्रेस स्वतन्त्रताका हिमायती सवै पत्रकारलाई कुनै पनि अतिवाद र निरंकुशता अस्वीकार्य हुने उनले बताए । पत्रकारले निडरताका साथ काम गरिरहेकोमा प्रशंसा गरेका उनले जिम्मेवार र मर्यादित रुपमा अघि बढ्न आग्रह गर्दै पत्रकारहरुलाई भने– सत्य लेख्न कहिल्यै नडगमगाउनुहोस् । महासंघका उपाध्यक्ष केशव भट्टराईले सहभागी सबैलाई स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव डिकेश लामाले गरेका थिए । कार्यक्रममा पत्रकारहरु राजेन्द्र गौतम, उमानाथ भण्डारी, दिपीन राई, चिरञ्जीवी घिमिरे, राजन साम्पाङ, महासंघ युएई शाखाका सहसचिव रामप्रसाद ढुंगेल लगायतले विभिन्न जिज्ञासा राखेका थिए ।  नेपाल पत्रकार महासंघ प्रदेश समितिका कोषाध्यक्ष विमल लामिछानेसहित पत्रकारका विभिन्न संगठनका नेता, पत्रकारका विभिन्न संस्थाका अध्यक्ष तथा प्रतिनिधिले अतिथिको रुपमा सहभागिता जनाएका थिए ।

प्रतिकृया दिनुहोस्

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...