News Portal

  • हुलाकी सडक निर्माणमा चरम लापरबाही

    हिमालीसंचार संवाददाता
    २३६ पटक

    रबिन्द्र बराल -बहुप्रतिक्षित हुलाकी राजमार्ग निर्माणको क्रममा झापाको रतुवा देखि किस्नी सम्मको खण्डमा कमसल र गुणस्तरहिन सामग्रीको प्रयोग गरेको पाईएको छ । ठेकेदार कम्पनीले झापाको गाैरीगञ्ज वडा नम्बर ५ भित्र पर्ने चिल्हारा – बालुगाउँ खण्डमा माटोको साटो रतुवाखाेलाकाे गुणस्तरहिन पहेलो बालुवा प्रयोग गरेको पाईएको हो ।

    ठेकेदारले सो सडकको रामचन्द्रे पुल पश्चिमको खण्डमा सडकमा प्रयोग गर्नका लागि नदिको गुणस्तरहिन बालुवा सडक किनारामा राखेको छ । सो सडक खण्डमा निर्माणको काम समेत गुणस्तरहिन रहेको स्थानियहरुले बताएका छन् । खजुरगाछी देखि चिल्हारा सम्मको खण्डमा माटो काे काममा राेलरले माटाे न पेलि कालोपत्रे गरेको पाईएको छ ।

    सडकको माटो राम्ररी नपेलिएका कारण सामान्य बर्षा हुदा सडक किनाराको माटो बगेर कालोपत्रे सडकमा समेत क्षेति पुगेको छ । सामान्यतया सडक बिचको सात मिटर फराकिलो पिच र छेउमा दुई दुई मिटर ग्राभेलको क्षेत्रमा एकै पटक माटो फिलिङ्को काम गरिनु पर्ने भएता पनि ठेकेदारकाे लापरबाहीका कारण सडककाे काम भने गुणस्तरीय हिन भएको छ । बिचमा कालोपत्रे गरिसकेपछी फेरी साईडमा माटो भरेर रोलर चलाउदा कालोपत्रे कमजोर हुने स्थानीयले बताए ।

    स्थानिय अशोक ताजपुरियाका अनुसार सो सडकमा गुणस्तरहिन सामग्रीको प्रयोग सँगै निर्माण कार्य समेत गुणस्तरहिन रहेको बताएकाछन् ।‌हुलाकी सडक निर्देशनालयले राम्रो’अनुगमन नगरेको र जनप्रतिनिधिहरुले समेत बेवास्ता गर्दा सो को फाईदा उठाउदै ठेकेदार कम्पनिले कमसल काम गरेको भेटिएको छ । त्यसैगरि स्थानिय रामलाल सुतिहारले सडक भन्दा निकै अग्लो नालाहरु बनाईएकोले मोटरसाइकल लगायतका साधन लिएर घरबाट बाटोमा निस्कन र बाटो बाट घर पस्न समेत गाह्रो हुने गुनासो गरेका छन् ।

    स्थानिय धन बहादुर थापाले ३० मिटर फराकिलो सडक बनाउने सुचना जारी गरेर ३० मिटर क्षेत्र भित्र परेका घर सँरचनाहरु हटाउन बाध्य बनाएको तर अहिले सडक ११ मिटरमा मात्र सिमित गरेको बताएका छन् । उनले जनताले घर भत्काएको क्षतिपूर्ति स्थानिय सरकार वा ठेकेदारले दिनु पर्ने माग गरेका छन् । गजुरमुखि माेतिदानका प्रमुख बिकास गाैतमका अनुसार साे ठाउँमा आफुहरुले बालुवा नहालेकाे माटाे मात्रै हालेको बताए । रतुवा देखि कमल खोला सम्मको हुलाकी सडकको १८ किलोमिटर सडक बनाउने ठेक्का गजुरमुखी मोतिदान जेभि कन्स्ट्रक्सन ले १८ किलोमिटर का लागि ८९ कराेड बराबरमा ठेक्का पाएको हो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सर्वोच्चमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक रिटको सुनुवाइ हुने

    काठमाडौं, कार्तिक १९ – पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति असंवैधानिक भएको भन्दै दायर रिट...

    किसान श्रेष्ठ : पद होइन, एमालेमा सम्मानजनक व्यवहार चाहिन्छ

    काठमाडौं, कार्तिक १९ – नेकपा (एकीकृत समाजवादी)का नेता किसान श्रेष्ठले आफू र आफ्ना सहकर्मीहरू कुनै...

    एसवाई प्यानलको आईपीओ सर्वसाधारणका लागि खुला

    काठमाडौं, कात्तिक १९ – एसवाई प्यानल लिमिटेडले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले आफ्नो...

    माओवादी केन्द्र फेरि विभाजित, जनार्दन शर्मा समूह अलगियो

    काठमाडौँ, कार्तिक १९ – माओवादी केन्द्रभित्र फेरि गम्भीर विभाजन भएको छ। पार्टीभित्र नेतृत्व परिवर्तनको माग...

    आज २०८२ साल कार्तिक १९ गतेको राशिफल

    आज कार्तिक १९, २०८२ (नोभेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...