News Portal

नेपाल तरुण दल सुनसरी २४ घण्टै जनतालाई सहयोग गर्न तयार- सभापति सिजन गुरुङ

हिमालीसंचार संवाददाता
१२८४ पटक

सुनसरी– सुनसरी बढ्दो कोभिड १९  प्रकोपका कारण देश र नेपाली आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरुमा परेको प्रभाव, समस्या र पीडा प्रति नेपाल तरुण दल, सुनसरी दुःखी रहेको जनाउदै कोभिड १९ को नयाँ भेरियन्टबारे जिल्लावासीलाई स्वास्थ्य सुरक्षामा ध्यान दिन तथा सर्तक रहन आग्रह गर्दै नेपाल तरुण दल सुनसरी सचेतना अभियान सोमबारबाट शुरु गरेको छ।

अभियानमा मास्क, ग्लोब्स र सेनिटाईज वितरण गरिएका छ । सुनसरी सभापति सिजन गुरुङको नेतृत्वमा जिल्लाका इनरुवा , रामधुनी , धरान , बराहक्षेत्र ,दुहवी लगायतका स्थानहरुमा तरुण दलका स्थानीय नेताहरुको सक्रियतामा मास्क सेनिटाइजर विभिन्न गर्न थालिएको हो । कोभिड १९, कोरोना महामारीबाट थलिएको आफ्नो जिल्लालाई सचेत बनाउदै यो अवस्थाका कारण समस्यामा परेका जिल्लावासीलाई २४ घण्टे हेल्प डेस्क समेत शुरु गरेको छ ।

स्वास्थ्य, खाद्यन्य एवं अन्य अत्यावश्यक सहयोगका लागि जुनसुकै समयमा पनि उपलब्ध मोबाईल नंम्वरमा फोन गर्न वा उनलाई सिधैं भेट्न सकिने, बताएका छन् । अध्यक्ष सिजन गुरुङ द्धारा जारी प्रेस नोट : बढ्दो कोभिड १९ को प्रकोपका कारण देश र नेपाली आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरुमा परेको प्रभाव, समस्या र पीडा प्रति नेपाल तरुण दल, सुनसरी दुःखी छ ।

यो अत्यन्तै पीडादयी परिस्थीति र समस्यामा हामी तपाईको स्वस्थ्य र जीवन प्रति संवेदनशील र चिन्तित छौं । यसर्थ, आजकै मितिबाट नेपाल तरुण दल सुनसरीले जिल्लाका सबै क्षेत्र, सबै नगर र गाउँमा एकैसाथ निःशुल्क मास्क, ग्लोब्स र सेनिटाईजर बितरण अभियान सुरु गरेको छौं । यसको उद्देश्य तपाईलाई जनचेतना जगाउन र सचेत गराउनका लागि हो । तसर्थ, यस अभियानलाई सफल बनाउनका लागि तपाईबाट आवश्यक सहयोग पुराईदिनका लागि हार्दिक विनम्र अनुरोध गदछौं।

साथै, यो विषम परिस्थीतिमा अत्यावश्यक काम बाहेक घरबाहिर नजान आग्रह गर्दछु । यदि तपाई वा तपाईको परिवारमा स्वास्थ्य सम्बन्धि कुनै पनि समस्या देखिए नजिककैको स्वास्थ्व चौंकी वा चिकित्सकसँग सम्पर्क गर्नुहोला । वा, स्वास्थ्य या कुनै पनि किसिमका अत्यावश्यक सहयोग चाहिएको खण्डमा तपाईले म वा नेपाल तरुण दल सुनसरीलाई जुनसुकै समयमा पनि मोबाईल सम्पर्क गरि सहयोग लिन सक्नुहुनेछ ।

जनताका निम्ति समर्पित यो जीवनमा यस्तो भयवह परिस्थीतिमा जनता पीडा र दुखमा रहेकोले बिना कुनै राजनीतिक स्वर्थ र फाईदाका यो सहयोग गरिएको समेत स्पष्ट पार्न चाहान्छु । यो बेला हाम्रौं ध्यान मात्र मानव रक्षा र समवेद्नामा छ । कृपर्या तपाई सर्तक र सचेत रहनुहोला । धन्यवाद ।

सम्पर्क नम्बर = 9851022021 सिजन गुरुङ

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...