News Portal

दुई करोड चन्दा माग्ने लिखु गाउँपालिकाकी उपाध्यक्ष र तिल्पुङका वडाध्यक्षलाई जेल सजाय हुने

हिमालीसंचार संवाददाता
५३१ पटक

दीपक भट्ट,रामेछाप। जिल्लाको लिखु तामाकोसी गाउँपालिकाकी उपाध्यक्ष दीपशिखा दाहाल र वडा नम्बर ७ तिल्पुङका वडाध्यक्ष सुवास बोहोरा जेल चलान हुने भएका छन्। उपाध्यक्ष दाहाल र वडाध्यक्ष बोहोरालाई काठमाडौं जिल्ला अदालतले बिहीबार कैद फैसला सुनाएको हो।

जिल्ला अदालत काठमाडौंका जिल्ला न्यायाधीश रामचन्द्र पौडेलको एकल इजलासले गाउँपालिकाकी उपाध्यक्ष दाहाललाई र पौडेल दुवैलाई एक–एक वर्ष कैद र १० हजार जरिवाना तोकेको छ।

२०७६ साल साउन २३ गते काठमाडौंको बौद्धमा लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्कासँग सोही गाउँपालिका वडा नम्बर ७ तिल्पुङका (मिलन) भनिने लोप्साङ लामा र अमृत तामाङले दुई करोड रुपैयाँ चन्दा माग गरेका थिए।

पालिकाका अध्यक्ष खड्कासँग चन्दा रकम माग गर्न मुख्य नाइकेका रूपमा सोही गाउँपालिकाकी उपाध्यक्ष दीपशिखा दाहाल र वडा नम्बर ७ का वडाध्यक्ष सुवास बोहोराले लोप्साङ लामा र अमृत तामाङलाई प्रयोग गरेका थिए।

उनीहरूले माग गरेअनुसारको चन्दा रकम नदिएको खण्डमा पालिकाका अध्यक्ष खड्का र उनका परिवारका सदस्यहरूलाईसमेत मार्नेसम्मको धम्की दिन लगाउने मुख्य योजनाकारका रूपमा लिखु गाउँपालिकाकी उपाध्यक्ष दाहाल र तिल्पुङका वडाध्यक्ष बोहोराको प्रत्यक्ष संलग्नता रहेको सबुत प्रमाणका आधारमा जिल्ला अदालत काठमाडौंले उनीहरूलाई कैद र जरिवाना दुवै सजाय हुने गरी फैसला सुनाएको हो। उनीहरू दुवैजना नेकपा एमालेबाट निर्वाचित पदाधिकारी हुन्।

सो घटनामा प्रत्यक्ष संलग्न भएका लिखु तामाकाेसी गाउँपालिका वडा नम्बर ७ का (मिलन) भनिने लोप्साङ लामालाई ६ वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना र अर्का अमृत तामाङलाई ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना हुने फैसला जिल्ला अदालतले गरेको हो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...