News Portal

दुई करोड चन्दा माग्ने लिखु गाउँपालिकाकी उपाध्यक्ष र तिल्पुङका वडाध्यक्षलाई जेल सजाय हुने

हिमालीसंचार संवाददाता
५०९ पटक

दीपक भट्ट,रामेछाप। जिल्लाको लिखु तामाकोसी गाउँपालिकाकी उपाध्यक्ष दीपशिखा दाहाल र वडा नम्बर ७ तिल्पुङका वडाध्यक्ष सुवास बोहोरा जेल चलान हुने भएका छन्। उपाध्यक्ष दाहाल र वडाध्यक्ष बोहोरालाई काठमाडौं जिल्ला अदालतले बिहीबार कैद फैसला सुनाएको हो।

जिल्ला अदालत काठमाडौंका जिल्ला न्यायाधीश रामचन्द्र पौडेलको एकल इजलासले गाउँपालिकाकी उपाध्यक्ष दाहाललाई र पौडेल दुवैलाई एक–एक वर्ष कैद र १० हजार जरिवाना तोकेको छ।

२०७६ साल साउन २३ गते काठमाडौंको बौद्धमा लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्कासँग सोही गाउँपालिका वडा नम्बर ७ तिल्पुङका (मिलन) भनिने लोप्साङ लामा र अमृत तामाङले दुई करोड रुपैयाँ चन्दा माग गरेका थिए।

पालिकाका अध्यक्ष खड्कासँग चन्दा रकम माग गर्न मुख्य नाइकेका रूपमा सोही गाउँपालिकाकी उपाध्यक्ष दीपशिखा दाहाल र वडा नम्बर ७ का वडाध्यक्ष सुवास बोहोराले लोप्साङ लामा र अमृत तामाङलाई प्रयोग गरेका थिए।

उनीहरूले माग गरेअनुसारको चन्दा रकम नदिएको खण्डमा पालिकाका अध्यक्ष खड्का र उनका परिवारका सदस्यहरूलाईसमेत मार्नेसम्मको धम्की दिन लगाउने मुख्य योजनाकारका रूपमा लिखु गाउँपालिकाकी उपाध्यक्ष दाहाल र तिल्पुङका वडाध्यक्ष बोहोराको प्रत्यक्ष संलग्नता रहेको सबुत प्रमाणका आधारमा जिल्ला अदालत काठमाडौंले उनीहरूलाई कैद र जरिवाना दुवै सजाय हुने गरी फैसला सुनाएको हो। उनीहरू दुवैजना नेकपा एमालेबाट निर्वाचित पदाधिकारी हुन्।

सो घटनामा प्रत्यक्ष संलग्न भएका लिखु तामाकाेसी गाउँपालिका वडा नम्बर ७ का (मिलन) भनिने लोप्साङ लामालाई ६ वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना र अर्का अमृत तामाङलाई ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना हुने फैसला जिल्ला अदालतले गरेको हो।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...