News Portal

सुडान घोटालामा दोषी ठहर ठेकेदार शम्भु भारतीको मुद्दा सर्‍यो 

हिमालीसंचार संवाददाता
४३८ पटक

काठमाडौं – सुडान घोटालामा मुछिएका ठेकेदार शम्भु भारतीको मुद्दामा आईतबार फैसला नहुने भएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार चुँडालको संयुक्त इजलासमा आइतबार भारतीको मुद्दा निसु तोकिएको थियो। गएको बिहीबारजस्तै आज आईतबार पनि निसु सरेको छ।

राष्ट्रसंघीय मिसनमा सुडानमा खटिने नेपाल प्रहरीको लागि एपीसी र सोको स्पेयर पार्ट्स खरिद अनियमिततामा भारती दोषी ठहर भएका थिए। भारती ०७६ भदौ १२ गते पक्राउ परेका थिए। त्यसपछि उनले थुनाबाहिर बसेरै मुद्दाको पुनरवलोकन गर्न पाऊँ भन्दै निवेदन दिएका थिए।

सर्वोच्च अदालतले मागबमोजिम आदेश दिएपछि भारती ०७६ पुसमा थुनामुक्त भएका थिए। तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले भारतीलाई दोषी ठहर गर्दै  १४ करोड २० लाख बिगो र जरिवानासहित एक वर्ष जेल सजाय हुने फैसला गरेको थियो।

सो फैसलाविरुद्ध उनले दिएको पुनरवलोकनको निवेदनमा अनुमति पाएको थियो। सर्वोच्च अदालतले सुडान घोटालामा नेपाल प्रहरीका तीनजना पूर्वप्रहरी महानिरीक्षक ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेश चन्द ठकुरीलाई दोषी ठहर हुने फैसला सुनाएको थियो।

राणालाई दुई वर्ष कैद र ५० हजार जरिवाना, गुरुङलाई एक वर्ष कैद र ४० हजार जरिवाना र ठकुरीलाई एक वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना सुनाएको थियो। बाह्रखरीबाट

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...