News Portal

  • भ्रष्टाचारको अड्डा: कोहलपुर नगरपालिका, अनियमितता लुकाउन भ्रामक विज्ञप्ती

    हिमालीसंचार संवाददाता
    २९९ पटक

    बाँके – ‘भ्रष्टाचारको अड्डा’का रुपमा परिचत बनेको बाँकेको कोहलपुर नगरपालिकाले आफ्नो अनियमितता लुकाउन ‘भ्रामक विज्ञप्ती’लाई सहारा बनाएको छ। नगरपालिकालाई कमाउधन्दा बनाएका केही जनप्रतिनिधि र कर्मचारीहरुले आफ्नो बचाउ गर्दै पालिकाभित्रका अनियमितता लुकाउन ‘भ्रामक विज्ञप्ती’लाई सहारा बनाएका छन्।

    सत्यपाटी डटकमका प्रकाशक तथा सम्पादक काशीराम शर्माले पटक-पटक सूचना माग गर्दा बेवास्ता गर्दै आएका नगरपालिका केही जनप्रतिनिधि र कर्मचारीले सत्यपाटी डटकमले कोहलपुर नगरपालिकाभित्रका बेतिथि र अनियमितताका बारेमा निरन्तर समाचार ‘फ्लोअप’ गरेपछि अत्तालिएका केही जनप्रतिनिधि र कर्मचारीहरुले ‘भ्रामक विज्ञप्ती’लाई सहारा आफ्नो बचाउ गरेका छन्।

    कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावत र प्रमूख प्रशासकीय अधिकृत छविलाल नेपालीद्वारा संयुक्तरुपमा हस्ताक्षर गरिएको ‘भ्रामक विज्ञप्ती’ जारी गर्दै केही जनप्रतिनिधि र कर्मचारीहरुको बचाउ गरेका छन्। वास्तविकता लुकाएर जारी गरिएको ‘भ्रामक विज्ञप्ती’ले कोहलपुरबासीलाई थप भ्रमित पारेको छ।

    नेपाली काँग्रेस कोहलपुरका नगर सचिव भुम भण्डारीले आफूहरु चोखो बन्नका लागि विज्ञप्तीको सहारा लिएर कोहलपुरबासीमा नगरपालिकाका मेयर र प्रमूख प्रशासकीय अधिकृतले थप भ्रम फैलाएको बताएका छन्। उनले अनियमितता लुकाउन आफूसहित केही पत्रकारका विरुद्धमा मुद्दा हाल्ने तयारी गरिएको जानकारीसमेत आएको पनि बताए।

    सत्यपाटी डटकमका अध्यक्ष एवं सम्पादकसमेत रहेका शर्माले सूचना माग गर्दै इमेलमार्फत निवेदन दिएको झण्डै १० महिना बितिसक्दा पनि कोहलपुर नगरपालिकाले अझैसम्म सूचना मागकर्तालाई सूचना उपलब्ध गराएको छैन। २०७७ साउन १३ गते शर्माले यस नगरपालिकासँग विभिन्न चार वटा विषयसँग सम्बन्धीत सूचना माग गरेका थिए।

    सूचना दिए अनियमितता खुल्ने डरले पत्रकारलाई धम्क्याउँदै आएका केही जनप्रतिनिधि र कर्मचारीहरु अहिले विज्ञप्तीलाई सहारा बनाएर अनियमितता लुकाउन लागिपरेको बताउँदै नगर सचिव भण्डारीले भने, ‘आफ्नो अनुकूल नहुने सूचना पाउन निकै कठिन छ।’ उनले सूचनाको हकअनुसार सञ्चारकर्मीलाई मात्रै होइन आमनागरिकलाई सूचनाबाट बञ्चित गरिएको बताए।

    उनले केही दिनअघि मात्रै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘कोहलपुर नगरपालिकाले जनताको छाना कार्यक्रम रोकेर सुविधा सम्पन्न सवारी साधन, कार्यालयमा बगैचा निर्माण र कर्मचारीका लागि चार क्वाटर व्यवस्थापन गरेको छ।’ यसले पनि कोहलपुर नगरपालिकाभित्रको बेथितिलाई प्रष्ट्याएको छ।

    त्यस्तै नगरपालिकामै कार्यरत सव–इन्जिनियर महादेव जोशीले पनि नगरपालिकाले कर्मचारीको मनोवल घटाउने कार्य गरेको इङ्गित गर्दै सामाजिक सञ्जाल फेसबुकमा प्रश्न गर्दै लेखेका छन्, ‘विकास र समृद्धिको मिसनमा हिँडेको नगरपालिकामा वडाका प्राविधिक कर्मचरीहरुलाई एक बर्षसम्म कम्प्युटर, बस्ने कुर्सीसम्म नदिएको अवस्था। कसरी हुन्छ उच्च मनोवल ?’

    यसरी नगरपालिकाभित्रैका कर्मचारीलाई काम गर्ने वातावरण बनाउन नसकेको नगरपालिकाका मेयर र प्रमूख प्रशासकीय अधिकृतले सत्यपाटीमा प्रकाशित भएका समाचारलाई भ्रमित भन्दै नगरपालिका भित्रको अनियमितता लुकाउन ‘भ्रामक विज्ञप्ती’को सहारा लिएर आम कोहलपुरबासीमाझ झुटको खेती गरिरहेको सरोकारवालाहरु बताउँछन्।

    प्रतिकृया दिनुहोस्

    मोरङको रंगेली अस्पताल अगाडी जेब्राक्रसिङ बनाउदा विरामी तथा यात्रुलाई सहज

    जेष्ठ-२, बुधबार/मोरङ – मोरङको रङ्गेली कानेपोखरी सडक खण्ड अन्तर्गत रङ्गेली अस्पताल अगाडि जेव्राक्रसिङ बनाईएको छ। ...

    दोस्रो अल्फा विटा ओपन बास्केटवलमा इमोर्टल सेमिफाइनल प्रवेश

    जेठ-१, मंगलबार/धरान – दोस्रो अल्फा विटा ओपन महिला-पुरुष बास्केटवल प्रतियोगिताको पुरुषतर्फ इमोर्टल क्लब सेमिफाइनल प्रवेश...

    लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन दुई राउण्ड गोली प्रहार

    जेष्ठ-१,मंगलबार/मोरङ – मोरङ रतुवामाई  नगरपालिका-६ स्थित कादुपाडामा प्रहरीले लागूऔषध कारोबारमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने खोज्दा...

    पब्लिक माध्यमिक विद्यालयमा २१ कोठे सुविधा सम्पन्न भवनको उद्घाटन

    जेष्ठ-१, मंगलबार/मोरङ – मोरङको रंगेली नगरपालिका-६ स्थित रहेको श्री पब्लिक माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन...

    प्रजातन्त्र र गणतन्त्रका ३५ बर्ष

    प्रजातन्त्रमाथि जनताको अगाध आस्था र विश्वास थियो। विपी, कोइराला, गणेशमान, कृष्णप्रसाद, सुवर्णशमशेर जस्ता नेताहरुले आफ्नो...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal