News Portal

अनिलकेशरी शाहले जिते दुमन थापाविरुद्ध हालेको मुद्दा, सेयर भर्न दिएको पैसा फिर्ता नगरेपछि मुद्दा

हिमालीसंचार संवाददाता
३९५ पटक

काठमाडौ – करार सम्झौतासँग सम्बन्धित एक मुद्दा अनिलकेशरी शाहले जितेका छन्। मेगा बैंक स्थापना हुँदै गर्दा भएको एक लेनदेनसँग सम्बन्धित मुद्दा शाहले जितेका हुन्। काठमाडौं जिल्ला अदालतले प्रतिवादी दुमनसिंह थापालाई हराइदिएको छ। शाह अहिले नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत छन्। थापा मेगा बैंकको संस्थापक सेयरधनी हुन्।

यो त्यतिबेलाको कुरा हो जुन बेला मेगा बैंक खोल्नका लागि अनिल शाह संस्थापक प्रमुख कार्यकारी भएर गएका थिए। त्यतिबेला दुमन सिंह थापाले मेगामा एक करोड ९० लाख रुपैयाँ लगानी गर्ने भएका थिए। तर, त्यो लगानी गर्ने पैसा उनीसँग थिएन। त्यसमध्ये एक करोड रुपैयाँ अनिल शाहले दुमनसिंह थापालाई दिएका थिए सर्तसहित।

सर्त थियो- बैंक सञ्चालनमा आउँछ अनि सेयर बिक्री गर्न मिल्ने भएपछि अनिल शाहको नाममा नामसारी गरिदिने। साथै बैंक सञ्चालनमा आएपछि सेयर बापत प्राप्त हुने कुनै पनि आय आर्जन लाभांश, बोनस सेयरलगायतको आम्दानी पनि शाहलाई दिने करार भएको थियो। करार २०६६ साल माघ २८ गते भएको थियो। साक्षी मदनकुमार आचार्य र कम्पनी सचिव तुल्सीराम पोखरेलसमेत थिए।

पछि बैंक सञ्चालनमा आयो। सेयर बिक्री गर्न पनि मिल्ने भयो। तर थापाले शाहको सापटी फिर्ता नगर्ने भए। त्यतिन्जेल एक लाख कित्ता लगानी गर्न दिएको सेयर संख्या बढेर एक लाख १८ हजार ५४४ कित्ता संस्थापक र ४४ हजार १५७ कित्ता सर्वसाधारण सेयर पुग्यो। शाहले यसैलाई आधार बनाएर अदालतमा मुद्दा हालेका थिए।

उनले संस्थापक सेयरको प्रचलित बजार मूल्य १०८ रुपैयाँ प्रति कित्ता र साधारण सेयरको १९९ रुपैयाँ पर्ने दाबीसहित मुद्दा हालेका थिए। साथै नगद लाभांशको पनि हिसाब गरेका थिए। यसरी कुल दाबी २ करोड २७ लाख ४ हजार ४९५ रुपैयाँ हुन्छ। यसबाहेक १० प्रतिशत क्षतिपूर्ति पनि दाबी गरेका थिए।

अदालतमा मुद्दा परेपछि दुमनसिंह थापाको आफ्नै दाबी थियो। उनले शाहले हदम्याद नाघेर मुद्दा हालेको दलिल दिए। त्यसपछि निर्णय गर्ने पालो अदालतको थियो। काठमाडौं जिल्ला अदालतले गत फागुन २ गते मुद्दाको पूर्णपाठ दिँदै अनिल शाहले दाबी गरेको रकम थापाले भुक्तानी गर्नुपर्ने आदेश गरेको छ। फैसला जिल्ला अदालतका न्यायाधीश परशुराम भट्टराईले गरेका हुन्। मुद्दा २०७६ असार ६ गते परेको थियो।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...