News Portal

पहिचान पुरस्कार कोषद्वारा लेखक खगेन्द्र संग्रौला सम्मानित

हिमालीसंचार संवाददाता
३९६ पटक

काठमाण्डौ – लेखक तथा अनुवादक खगेन्द्र संग्रौला ४ लाख २ हजार २ रुपैयाँ तथा ताम्रपत्र सहित ‘पहिचान पुरस्कार कोषद्वारा’ आज सम्मानित भएका छन्। उनलाई आज कोषले सम्मान गरेको हो। 

लेखक तथा अनुवादक संग्रौलालाई आज उक्त सम्मान प्रदान गरिएको हो । नरेश काङमाङ, रामकुमारी झाँक्री, अजम्बर काङमाङले संग्रौलालाई पहिचान सम्मान प्रदान गरेका हुन। 

कार्यक्रममा वैरागी काइला विशेष कारणले उपस्थित हुन सक्नु भएन तर उनको अडियो सम्बोधन मार्फत संग्रौलाका बारेमा बोलेका थिए। सग्रौलाले लेखनका माध्यमबाट उत्पीडित र सीमान्तकृत समुदायको पहिचान स्थापित गर्न योगदान पुर्‍याएकाले संग्रौलाई यो विशेष सम्मान गरिएको कोषले जनाएको छ ।

विस २०७२ सालमा बेलायतमा स्थापित यो संस्थाले लेखन तथा साहित्यमार्फत पहिचानका क्षेत्रमा योगदान पुर्‍याउने लेखकलाई पुरस्कृत गर्दै आएको छ । साहित्य र पहिचानको क्षेत्रमा क्रियाशील स्रस्टाका लागि प्रोत्साहन गर्ने उद्देश्यले स्थापित संस्थाले चार वर्ष पहिचान पुरस्कार र पाँचौँ वर्ष सम्मान अर्पण गरिने जनाएको छ ।

यसअघि चारवटा पुस्तकका लेखकहरूलाई कोषले पुरस्कृत गरिसकेको छ । संग्रौलालाई प्रदान गरिएको यो विशेष सम्मान हो ।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...