News Portal

झापा हल्दीबारीकी साम्राज्ञीलाई मिस टिन उपाधि

हिमालीसंचार संवाददाता
४३४ पटक

विराटनगर – मिस टिन–२०२१ प्रदेश १ को उपाधि झापा हल्दीबारीकी साम्राज्ञी शर्माले जितेकी छन्। झापाको बिर्तामोडमा सम्पन्न ग्रान्ड फिनालेमा शर्माले उपाधि हात पारेकी हुन्।

ड्रिम्स वल्र्ड इन्टरटेनटमेन्टले आयोजना गरेको प्रतियोगिताकी विजेता साम्राज्ञीले नगद ५० हजारसहित ट्रफी पाएकी छन्। आयोजक संस्थाका निर्देशक प्रणित पुडासैनीका अनुसार उपाधि हात पारेसँगै उनले अध्ययनका लागि छात्रवृत्ति पनि पाउने छिन्।

यस्तै, मिस टिन प्रदेश १ को फस्र्ट रनरअप दमककी सुरक्षा कार्की र सेकेन्ड रनरअप मोरङकी आशिका बजगाई बनेकी छन्। उनीहरूले क्रमशः नगद २० र १५ हजारसँगै ट्रफी पाए। उनीहरूले पनि छात्रवृत्ति पाउने पुडासैनीले जानकारी दिए। प्रतियोगितामा प्रदेश १ का २१ जना प्रतियोगी सहभागी भएका थिए।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...