News Portal

झापा हल्दीबारीकी साम्राज्ञीलाई मिस टिन उपाधि

हिमालीसंचार संवाददाता
४१४ पटक

विराटनगर – मिस टिन–२०२१ प्रदेश १ को उपाधि झापा हल्दीबारीकी साम्राज्ञी शर्माले जितेकी छन्। झापाको बिर्तामोडमा सम्पन्न ग्रान्ड फिनालेमा शर्माले उपाधि हात पारेकी हुन्।

ड्रिम्स वल्र्ड इन्टरटेनटमेन्टले आयोजना गरेको प्रतियोगिताकी विजेता साम्राज्ञीले नगद ५० हजारसहित ट्रफी पाएकी छन्। आयोजक संस्थाका निर्देशक प्रणित पुडासैनीका अनुसार उपाधि हात पारेसँगै उनले अध्ययनका लागि छात्रवृत्ति पनि पाउने छिन्।

यस्तै, मिस टिन प्रदेश १ को फस्र्ट रनरअप दमककी सुरक्षा कार्की र सेकेन्ड रनरअप मोरङकी आशिका बजगाई बनेकी छन्। उनीहरूले क्रमशः नगद २० र १५ हजारसँगै ट्रफी पाए। उनीहरूले पनि छात्रवृत्ति पाउने पुडासैनीले जानकारी दिए। प्रतियोगितामा प्रदेश १ का २१ जना प्रतियोगी सहभागी भएका थिए।

प्रतिकृया दिनुहोस्

पार्टी एकता जोगाउन मध्यमार्ग रोजेको हो : शेखर कोइराला

काठमाडौं, ८ माघ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका मतभेद र आन्तरिक...

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, ८ माघ — अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार घटेको छ।...

आज २०८२ साल माघ ८ गतेको राशिफल

आज माघ ८, २०८२ (जनवरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

४४ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...