News Portal

सुनवर्सिमा लाग्दै आएकाे मेल यस बर्ष पनि सुनसान

 रबिन्द्र बराल
३५७ पटक

मोरङ -मोरङको रतुवामाई नगरपालिका ५ स्थित सुनवर्षी पोखरीमा प्रत्येक बर्षकाे बैशाख १ गते नयाँ वर्षकाे दिन बर्षाे देखि मेला तथा विशेष पुजाआजा हुदै आएता पनि बिगत बर्ष देखि भने काेराेना भाइरसका कारण  मंन्दिरमा भने सामान्य पुजा मात्रै हुदै आईरहेकाे छ । सुनवर्सि थान मंन्दिरमा विशेष पुजा आजका साथसाथै मेला समेत उल्लेख्य लाग्दै बिश्वब्यापी रुपमा दाेस्राे चरणमाकाे काेराेना भाईरसका काे लहर बडदै गएपछि यस बर्ष पनि तराईमा बैशाख १ गतेदेखि लाग्दै अएकाे सम्पुर्ण मेला नगरपालिकाले भिडभाड हुने स्थानमा कडाइ गर्ने थालेको छ । प्रत्येक बर्ष बैशाख १ गते का दिन तराईका विभिन्न देवि देउताहरु बासस्थान रहेकाे ठाउँमा झकिझकाउ सुन्दर बनाउदै आईरहेता पनि बिग बर्ष देखि भने सबै स्थान भने सुनसान हुने गरेको र सामान्य पुजापाठ मात्रै हुदै आईरहेकाे छ ।

सुनवर्सि महारज थानमा विशेष गरेर आफ्नो मनाेकामना पूरा भए पछि माटोको हात्ती, कागजबाट बनाइएको फुलघाेडा बडिमात्रामा चडाउने गरेका छन । तराईमा बसाेवास गर्ने आदिवासीे ताजपुरिया, गनगाई, राजवंशी, थारु, माझी, चौधरीलगायतले आफना कुलदेवताकाे रुपमा सुनवर्षी महाराजको ग्रामथानमा बैशाख १ गते विशेष पुजा गर्ने गर्दछन । सुनवर्सि बाट वैशाखभरि माेरङकाे दक्षिणी भेगमा विभिन्न थानमा मेला हुने प्रचलन समेत रहेको छ ।उक्त मेलामा पूर्वी तराईको झापा,मोरङ र सुनसरी तथा भारतबाट समेत मानिसहरु आउने गर्दछन् ।

सुनवर्षी महारजाको ग्राम पूजा अर्चाना गरेमा आफूले चिताएको मनोकामना पूरा हुने जनविश्वास रहेको समितिका अध्यक्ष कुमार बुडाथाेकीले बताए । उनलेे भने गत बर्ष र यस बर्ष मंन्दिरमा विशेष पुजा नहुदा र माल नलाग्दा समिति लाई ५ लाख रुपैयाँ सम्म घाटा लागेको बुडाथाेकीले बताए । ५० वर्षअगाडि देखि उक्त स्थानमा रहेको पोखरीमा रहेको गोहीले भक्तजनहरुलाई भाँडाकुँडा दिने र परापूर्वकालमा विवाह बटुलोका बेला भाँडाकुँडा र गहना चाहिएमा यस पोखरीसँग माग्दा पोखरीबाट निस्कने गर्दथ्यो भन्ने किम्बदन्ती पनि रहेको पाईन्छ ।तीन विघा १२ कठ्ठा क्षेत्रफलमा रहेको सुनवर्षी महाराजको ग्रामथान रहेको छ । जसमा २ विघामा पोखरी देख्न सकिन्छ ।

सुनवर्षीमहाराज ग्रामथान संरक्षण समितिका अध्यक्ष बुडाथाेकीले भने यो ठाउँ धार्मिक तथा पर्यटकीय हिसाबले निकै महत्वपूर्ण रहेको बताउँदै यसको संरक्षण र विकास नै हाम्रो चासो हो ।’’ उनले सुनवर्षीमा वर्षैभरि धार्मिक पर्यटक भित्र्याउने वातावरण स्थानीय रुपमा बनाउने प्रयार थालिएको बताए ।

प्रतिकृया दिनुहोस्

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...

कुवेतस्थित नेपाली दूतावासको ‘कमेन्ट बन्द’ निर्णयप्रति श्रमिक असन्तुष्टि चुलिँदै

कुवेत– कुवेतस्थित नेपाली दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमा कमेन्ट गर्न नपाउने व्यवस्था लागू गरेपछि त्यहाँ...

गगन थापा भन्छन्: ‘राजीनामा हार स्वीकारेको संकेत होइन’

काठमाडौं, ५ चैत — नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो राजीनामालाई पराजित सोचसँग जोडेर नहेर्न...

कुवेतस्थित नेपाली दूतावासको फेसबुक पेजमा कमेन्ट किन बन्द गरियाे?

काठमाडौँ–  नेपाली दूतावास कुवेतले आफ्नो आधिकारिक फेसबुक पेजमा आउने कमेन्टहरू बन्द गरेपछि यतिबेला उक्त निर्णयबारे...

आज २०८२ साल चैत ५ गतेको राशिफल

आज चैत ५, २०८२ ( मार्च १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...