News Portal

  • अमेजनमाथि छानविन गर्दै युरोपेली युनियन

    हिमाली संचार संवाददाता
    ६०९ पटक

    एजेन्सी – गुगल र फेसबुकलाई मोटो रकम जरिवाना गरेसँगै युरोपेली युनियनको नजर अर्को अमेरिकी कम्पनी अमेजनतर्फ परेको छ । सम्भावित छद्म कारोबारका विषयमा युरोपेली युनियनले अमेजनमाथि छानविन सुरु गरेको बताइएको छ ।

    ब्रसेल्समा बुधबार पत्रकार सम्मेलनमा बोल्दै युनियनकी प्रतिस्पर्धा आयुक्त मारग्रेथ वेस्टेगरले यसको खुलासा गरेकी हुन् । अमेजनले तेश्रो पक्ष बिक्रेताका डाटालाई आफ्नो व्यवसायिक फाइदाका लागि प्रयोग गर्ने गरेको विषयमा प्रारम्भिक अनुसन्धान सुरु गरिएको भएपनि औपचारिक रुपमा कुनै बयान भने नलिइएको उनले बताइन् ।

    अमेजनको आम्दानीमा थर्ड पार्टी बिक्रेताको ठूलो महत्व रहेको छ जसले यो वर्षको दोश्रो त्रैमासिकमा ९ अर्ब ७० करोड डलर आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको भन्दा ४० प्रतिशतले बढी हो ।

    स्मरण रहोस् गत जुलाईमा इयुले गुगलमाथि ५ अर्ब डलरको जरिवाना गरेको थियो । त्यस्तै सन् २०१६ मा एप्पलले इयुकै आदेशमा आयरल्याण्डमा १६ अर्ब डलर कर चुक्ता गर्नुपरेको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज चन्द्र ग्रहण : जप गरौं यी चार मन्त्र

    काठमाडौं, भदौ २२ – आज आइतबार साँझ दोस्रो चन्द्र ग्रहण लाग्दैछ। सनातन धर्ममा ग्रहणलाई विशेष...

    बालिकालाई ठक्कर प्रकरणमा मन्त्री रानाको स्पष्टीकरण

    विराटनगर, भदौ २२ – कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना मगरले...

    देउवाको फेसबुक पोस्टमा बालेनको व्यङ्ग्य: “यो पोस्ट कुन भीपीएनबाट ?”

    काठमाडौं, भदौ २२ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फेसबुकमा राखेको पोस्टलाई काठमाडौं महानगरका मेयर...

    आज २०८२ साल भदौ २२ गतेको राशिफल

    आज भदौ २२, २०८२ (सेप्टेम्बर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल भदौ २१ गतेको राशिफल

    आज भदौ २०, २०८२ (सेप्टेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...