News Portal

अमेजनमाथि छानविन गर्दै युरोपेली युनियन

हिमाली संचार संवाददाता
७३५ पटक

एजेन्सी – गुगल र फेसबुकलाई मोटो रकम जरिवाना गरेसँगै युरोपेली युनियनको नजर अर्को अमेरिकी कम्पनी अमेजनतर्फ परेको छ । सम्भावित छद्म कारोबारका विषयमा युरोपेली युनियनले अमेजनमाथि छानविन सुरु गरेको बताइएको छ ।

ब्रसेल्समा बुधबार पत्रकार सम्मेलनमा बोल्दै युनियनकी प्रतिस्पर्धा आयुक्त मारग्रेथ वेस्टेगरले यसको खुलासा गरेकी हुन् । अमेजनले तेश्रो पक्ष बिक्रेताका डाटालाई आफ्नो व्यवसायिक फाइदाका लागि प्रयोग गर्ने गरेको विषयमा प्रारम्भिक अनुसन्धान सुरु गरिएको भएपनि औपचारिक रुपमा कुनै बयान भने नलिइएको उनले बताइन् ।

अमेजनको आम्दानीमा थर्ड पार्टी बिक्रेताको ठूलो महत्व रहेको छ जसले यो वर्षको दोश्रो त्रैमासिकमा ९ अर्ब ७० करोड डलर आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको भन्दा ४० प्रतिशतले बढी हो ।

स्मरण रहोस् गत जुलाईमा इयुले गुगलमाथि ५ अर्ब डलरको जरिवाना गरेको थियो । त्यस्तै सन् २०१६ मा एप्पलले इयुकै आदेशमा आयरल्याण्डमा १६ अर्ब डलर कर चुक्ता गर्नुपरेको थियो ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...