News Portal

मोरङका सद्भाव बचत तथा ऋण सहकारी संस्थाद्वारा तीन युवा पत्रकार सम्मान

हिमालीसंचार संवाददाता
२४३ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका-७ स्थित रहेको सद्भाव बचत तथा ऋण सहकारी संस्थाले नयाँ बर्ष २०७८ सालको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रमको अबसरमा मोरङका सक्रिय ३ युवा पत्रकारहरुलाई विशेष सम्मान गरेको छ।

आयोजित कार्यक्रममा हालै सम्पन्न भएको नेपाल पत्रकार महासंघ मोरङका निर्वाचनमा विजयी भएका जिल्ला सदस्य तथा प्रदेश पार्षदका युवा पत्रकारहरलाई सम्मान गरेको हो । संस्थाले  रंगेली र सुनवर्सिका तीन पत्रकारलाई सम्मान गरेको हो  । सद्भाव बचतले एभिन्युज टेलिभिजन मोरङका सम्बादाता, तथा हिमाली संचारडटकमका जिल्ला सम्बादाता रबिन्द्र बराल र बिरेन्द्र कुमार  साह तथा मकालु टेलिभिजनका रंगेली संबादाता दिलिप अग्रवाललाई आयोजित कार्यक्रममा खादा तथा फुलमाला लगाएर  सम्मानित गरेको हो । 

आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष  कमलेश्वर ठाकुर, संस्थाका सचिव सत्यनारायण मंण्डल, सल्लाह दिनेश ठाकुर,  समाजसेवी श्यालाल शर्मा,  मचिन्द्र कटुवाल,  संस्थाका  श्री प्रसाद ठाकुर, मनोज साह, सिताराम मंण्डल लगायतको समेत उपस्थिति समेत रहेको थियो ।

उक्त कार्यक्रममा बिजय भएका पत्रकारहरुलाई कार्यकालको शुभकामना दिदै आगामी दिनहरुमा समेत रंगेलीका सत्य तथ्य समचार सर्वसाधारण समक्ष जस्ताको त्यस्तै प्रसारण गर्न विशेष शुभकामना समते दिएका थिए। नयाँ बर्ष २०७८ सालको  शुभकामना आदानप्रदान कार्यक्रममा संस्थाले संस्था बिगत बर्ष झै  यस पाली पनी भितेपात्रो समेत सार्वजनिक गरेको थियो।

प्रतिकृया दिनुहोस्

झापामा सशस्त्र र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी फस्टायो, घुमुवा असुलीको आतंक

काठमाडौँ —झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी मौलाउँदै गएको गम्भीर आरोप लागेको छ।...

पार्टी एकता जोगाउन मध्यमार्ग रोजेको हो : शेखर कोइराला

काठमाडौं, ८ माघ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका मतभेद र आन्तरिक...

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, ८ माघ — अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार घटेको छ।...

आज २०८२ साल माघ ८ गतेको राशिफल

आज माघ ८, २०८२ (जनवरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...