News Portal

पिहु एण्ड राज कन्ट्रक्सनले समय अबधिमा काम गर्ने सकेन, कार्वाही गर्ने प्रदेश सरकार मौन

हिमालीसंचार संवाददाता
२९२ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका-७, स्थित भोटुवाबु चोक हुदै शुक्रबारदेखि दोहमना रोडमा पर्ने मरिया खोलाको पुलमा नयाँ निर्माणकार्य सुरु भएको ७ महिना बितिसक्दा समेत उक्त पुलको निर्माणकार्य सम्पन्न हुन सकेको छैन।

नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा  सडक विभाग सडक डिभिजन, विराटनगरले सो पुलसंगै उक्त सडकमा कामको जिम्मा पिहु एण्ड राज कन्सट्रक्शन प्रा. लि.  सुनसरीलाई गत २०७७ भदौ ३० गते उक्त पुल तथा सडक निर्माण गर्ने ठेक्का पाएको  थियो ।  सडक र पुल  विस २०७७ चैत्र ३० गते सम्म निर्माणकार्य सम्पन्न गरी जिम्मा लगाउनु पर्ने सम्झौता भएता पनि पुलको कामै सम्पन्न गरेको छैन। सडक निर्माण समेत सम्पन्न गरेको छैन । यसरी समय अबधिमा ठेक्केदार कम्पनीहरुले  निर्माणकार्य सम्पन्न नगर्दा सम्बन्धित निकाय तथा सडक विभाग भने मुखदर्सक बनिरहेको छ । 

ईन्चार्ज ईन्जिनियर सुधिर झाको अनुसार आफुले उक्त कम्पनीलाई छिटो काम सम्पन्न गर्ने तीन पटक सम्म काम सम्पन्न गर्ने पत्र काटिसकेको र बारम्बार आफुले समेत जानकारी गराई सकेको झाले बताए । केही दिन अगाडि ठेक्केदार कम्पनीका मनोज साहलाई सडक निर्माणकार्य किन ढिलाई भएको भन्ने बिषयमा उनले भने खोलामा ढुंगा बन्द भएको हुनाले काम गर्ने समस्या भएको भन्दै पन्छिन समेत खोजेका थिए ।  

यसरी समयमै काम नसक्ने  उक्त कम्पनीलाई कानुनी दायरामा ल्याएर कार्वाही गर्ने जरुरी रहेको समेत देखिन्छ ।  सडक निर्माण कार्यमा ढिला सुस्ति काम भए पछि उक्त गाउँका सर्वसाधारणहरुले घुल्लामे भएर बस्न बाध्य भएको र बालबालिकाहरुलाई समेत रुघाखोकी बारम्बार लागि रहेको स्थानीय राजेश आचार्यले बताए ।

उक्त सडकका लागि प्रदेश सरकारले ९६ लाख ३३ हजार २ सय २६ रुपैयाँ  बराबरको  लागतमा सो सडकको कल्भट र ग्रावेल गर्ने ठेक्का पीहु  एण्ड राज कन्ट्रक्सन  ठेक्का पाएको हो।

प्रतिकृया दिनुहोस्

झापामा सशस्त्र र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी फस्टायो, घुमुवा असुलीको आतंक

काठमाडौँ —झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी मौलाउँदै गएको गम्भीर आरोप लागेको छ।...

पार्टी एकता जोगाउन मध्यमार्ग रोजेको हो : शेखर कोइराला

काठमाडौं, ८ माघ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका मतभेद र आन्तरिक...

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, ८ माघ — अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार घटेको छ।...

आज २०८२ साल माघ ८ गतेको राशिफल

आज माघ ८, २०८२ (जनवरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...