News Portal

बिहे अगाडि यौन सम्पर्क गरेको अभियोगमा ९ कर्मचारीको गयो जागिर

हिमालीसंचार संवाददाता
५३५ पटक

एजेन्सी – कुनै पनि कार्यालय वा कम्पनीले आफूकहाँ कार्यरत कर्मचारीलाई बर्खास्त गर्नुपर्ने कारणहरु के-के हुन सक्लान् ? कुनै गम्भीर गल्ती वा लापरबाही गरेमा, आफू कार्यरत निकायलाई हानी नोक्सानी पुर्‍याउने काम गरेमा वा गम्भीर नैतिक पतनको काम गरेमा आदि-आदि। तर, अमेरिकाको एक कम्पनीले चाहिँ बिहे अगाडि नै सम्भोग गरेको अभियोगमा आफ्ना ९ जना कर्मचारीलाई बर्खास्त गरेको पाइएको छ।

चर्चित रेडियो स्टार डेभ राम्सेको कम्पनी राम्से सोलुसन्सले विवाहपूर्व सहवास गरेको भन्दै हालसम्म ९ जना कर्मचारीलाई जागिरबाट निकालेको खुलासा भएको छ। एक पूर्वकर्मचारीले दायर गरेको मुद्दामा राम्से सोलुसन्सले अदालतमा प्रतिउत्तर पेस गर्दै विवाहपूर्व सम्भोग गर्ने कर्मचारीलाई बर्खास्त गर्ने आफ्नो कम्पनीको नियम नै रहेको प्रष्ट पारेको छ।

कम्पनीको उक्त नीतिका विरुद्धमा एक पीडित पूर्वकर्मचारीले अदालतमा मुद्दा दायर गरेकी थिइन्। कम्पनीले चाहिँ आफ्नो नीतिले ती पूर्वकर्मचारी महिलालाई कुनै विभेद नगरेको दाबी गरेको छ। डेभ राम्सेले चर्चित रेडियो कार्यक्रम डेभ राम्से शो चलाउँदछन्। अमेरिकाका विभिन्न रेडियो स्टेसनबाट प्रशारण हुने उक्त चर्चित कार्यक्रम परम्परावादी क्रिस्चियनको अवधारणा तथा वित्तीय सुझावमा आधारित छ।

राम्से सोलुसन्सकी पूर्वप्रशासन सहायक क्याटलिन ओ कोन्नोरले गत वर्ष अमेरिकाको टेनिसीस्थित जिल्ला अदालतमा कम्पनीविरुद्ध मुद्दा हालेकी थिइन्। आफू गर्भवती भएको आरोपमा कम्पनीले आफूलाई बर्खास्त गरेको उनको भनाइ थियो। सन् २०२० को जुन महिनामा सुत्केरी बिदा स्विकृत गराउने बेलामा कम्पनीले आफूसँग विवाहलगायतका कागजातहरु मागेको तर आफू अविवाहित रहेको थाहा पाएसँगै जागिरबाट निकालेको उनको दाबी छ।

कम्पनीले पनि कोन्नोरलाई फगत् गर्भवती भएको आरोपमा नभइ आफूले बिहे नै नगरेको केटासँग गर्भाधारण गरेको हुँदा बर्खास्त गरिएको बताएको छ। कम्पनीको उक्त कदमले कोन्नोरको आधारभूत मानव अधिकारका साथै सुत्केरी बिदा लिन पाउने संघीय अधिकारका साथै टेनिसी राज्यका कानुनहरु उल्लंघन भएको बताएका छन्। कम्पनीको त्यो कदम निकै निर्दयी व्यवहारयुक्त रहेको वकिलको भनाइ छ।

राम्से सोलुसन्सका वकिलका अनुसार कोन्नोरलाई कम्पनीको मापदण्ड उल्लंघन गरेको आरोपमा जागिरबाट हटाइएको छ। कम्पनीको आधारभूत मापदण्डअनुसार कर्मचारीहरुबाट सदैव सख्त मर्यादाको अपेक्षा गरिन्छ।

बिहेपूर्वको यौन सम्पर्क सख्त मर्यादाको विपरीत तथा सही जीवनयापनको विपरीत रहेको ठहर कम्पनीको छ। पछिल्ला ५ वर्षमा बिहेअगावै सम्भोग गरेको आरोपमा अरु ८ जना कर्मचारीहरुलाई बर्खास्त गरिसकिएको पनि कम्पनीले जनाएको छ। तीमध्ये ५ जना पुरुष थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...