News Portal

नव-वर्ष

हिमालीसंचार संवाददाता
४७१ पटक

टेथिस सागर
सुकेर गयो र हिमालय पर्वत बन्यो
शासकहरू आए
र शासन गर्दागर्दै एक दिन मरेर गए
नदीहरू सुसाउँदै बगे
र ऒरालो झर्दाझर्दै एक दिन बगर बने
फूलहरू फुले
र माधुर्यता छर्दाछर्दै एक दिन झरेर गए !

सायद,
म ओरालो झरिरहेछु
आफ्नै उमेरको यो बूढो पहाडबाट !
तर ऊ भने
समयको बाह्रौं खुड्किलो नाघेर
हरेकचोटि आउँछ
यौवनको गीत गाउँदै मेरो विश्वासको संघारमा !
यस्तो लाग्छ
श्रृष्टिको अनादि कालदेखि नै
ऊ निरन्तर चढिरहेछ
आफ्नै जीवनको अग्लो उर्जाशील पहाड !

टारीखेत जोतेर
अब छर्नु छ— सुन्दर कविताको बिऊ !
र उमार्नु छ
एउटा सम्मृध्द देशको अनुहार !
जीवनरस सुकेर
गुलाव नफुलेको पनि
आज वर्षौं बितिसकेछ— यो माटोमा !
ओ नव वर्ष !
तिमीलाई स्वागत छ
मनका सहस्र आँखीझ्यालहरूमा
आँखाभरि इन्द्रेणी सपना बोकेर आऊ !

प्रथा।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...