News Portal

पोखरा क्रिकेट रंगशाला निर्माण ३ वर्षदेखि अन्यौलमा

हिमालीसंचार संवाददाता
५२५ पटक

कास्की – गण्डकी प्रदेश सरकारको प्रादेशिक अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने बहुप्रतिक्षित योजना तीन वर्षदेखि अन्यौलमा छ। सरकार गठन भएलगत्तै करीव डेढ अर्ब लगानीमा बनाउने भनिएको क्रिकेट रंगशालाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भएको वर्ष दिन भएपनि हालसम्म टेण्डर प्रक्रिया कहिले अघि बढ्ने भन्ने नै यकिन भएको छैन।

रंगशाला निर्माणका लागि पोखरा–३३ पशुपतिघाटको १ सय ७४ रोपनी क्षेत्रफलको जग्गा केन्द्र सरकारबाट प्राप्त भइसकेको छ। १८ हजार दर्शक क्षमताको रंगशालामा टी–२०, एक दिवसीय र टेस्ट म्याच खेल्न मिल्ने विभिन्‍न ७ वटा पीच तयार पारिने डीपीआरमा उल्लेख छ।

मैदानमा ७ वटा पीच, भीभीआईपी, भीआइपी, खेलाडी कक्ष, चेञ्जिङ रुम, मिडिया कक्ष, पार्किङ लगायत संरचना बन्ने जनाइएको छ। सो क्रिक्रेट रंगशाला पोखराको मुख्यबजार देखि १० किलोमिटरको दुरीमा पर्दछ। पोखरामा क्रिकेटका अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्ने मैदानको अभाव छ।

प्रदेश सरकारको यो रंगशाला निर्माण भए पोखरामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका क्रिकेट प्रतियोगिताको ढोका खुल्ने अपेक्षा गरिएको छ। यद्यपि, हालसम्म काम शुरु नहुँदा योजना सम्पन्न हुनेमा नै आशंका उब्जिएको छ। तर प्रदेश सरकारले यस वर्ष क्रिकेट रंगशालाका लागि दुई करोड रुपैयाँसमेत विनियोजन गरिसकेका कारण केही समयमा नै टेन्डरमा आह्वान गर्ने क्रिकेट संघ कास्कीका अध्यक्ष सन्जयकान्त सिग्देलको भनाइ छ।

रंगशालाको पश्चिम भागमा सेती नदीले वर्षेनी जग्गा कटान गर्दै आएको र सोको संरक्षणका लागि छुट्टै डीपीआर आवश्यक पर्ने देखिएपछि रंगशाला निर्माण कार्य नै रोकिएको छ। शहरी विकास तथा भवन शाखामार्फत रंगशाला बनाउन अर्थ मन्त्रालयसँग सहमति लिन पहल भइरहेको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका खेलकुद महाशाखाका सचिव विनोद बहादुर कुँवरले बताए।

प्रदेश सरकारले भने गत वर्ष तयार गरेको रंगशालाको डीपीआरमा नदी कटान क्षेत्रको संरक्षण कसरी गर्ने भन्ने निर्क्यौल नहुँदा रंगशाला निर्माण कार्य अगाडि बढ्न नसकेको बताएको छ।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...