News Portal

  • पोखरा क्रिकेट रंगशाला निर्माण ३ वर्षदेखि अन्यौलमा

    हिमालीसंचार संवाददाता
    ४६६ पटक

    कास्की – गण्डकी प्रदेश सरकारको प्रादेशिक अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने बहुप्रतिक्षित योजना तीन वर्षदेखि अन्यौलमा छ। सरकार गठन भएलगत्तै करीव डेढ अर्ब लगानीमा बनाउने भनिएको क्रिकेट रंगशालाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भएको वर्ष दिन भएपनि हालसम्म टेण्डर प्रक्रिया कहिले अघि बढ्ने भन्ने नै यकिन भएको छैन।

    रंगशाला निर्माणका लागि पोखरा–३३ पशुपतिघाटको १ सय ७४ रोपनी क्षेत्रफलको जग्गा केन्द्र सरकारबाट प्राप्त भइसकेको छ। १८ हजार दर्शक क्षमताको रंगशालामा टी–२०, एक दिवसीय र टेस्ट म्याच खेल्न मिल्ने विभिन्‍न ७ वटा पीच तयार पारिने डीपीआरमा उल्लेख छ।

    मैदानमा ७ वटा पीच, भीभीआईपी, भीआइपी, खेलाडी कक्ष, चेञ्जिङ रुम, मिडिया कक्ष, पार्किङ लगायत संरचना बन्ने जनाइएको छ। सो क्रिक्रेट रंगशाला पोखराको मुख्यबजार देखि १० किलोमिटरको दुरीमा पर्दछ। पोखरामा क्रिकेटका अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्ने मैदानको अभाव छ।

    प्रदेश सरकारको यो रंगशाला निर्माण भए पोखरामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका क्रिकेट प्रतियोगिताको ढोका खुल्ने अपेक्षा गरिएको छ। यद्यपि, हालसम्म काम शुरु नहुँदा योजना सम्पन्न हुनेमा नै आशंका उब्जिएको छ। तर प्रदेश सरकारले यस वर्ष क्रिकेट रंगशालाका लागि दुई करोड रुपैयाँसमेत विनियोजन गरिसकेका कारण केही समयमा नै टेन्डरमा आह्वान गर्ने क्रिकेट संघ कास्कीका अध्यक्ष सन्जयकान्त सिग्देलको भनाइ छ।

    रंगशालाको पश्चिम भागमा सेती नदीले वर्षेनी जग्गा कटान गर्दै आएको र सोको संरक्षणका लागि छुट्टै डीपीआर आवश्यक पर्ने देखिएपछि रंगशाला निर्माण कार्य नै रोकिएको छ। शहरी विकास तथा भवन शाखामार्फत रंगशाला बनाउन अर्थ मन्त्रालयसँग सहमति लिन पहल भइरहेको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका खेलकुद महाशाखाका सचिव विनोद बहादुर कुँवरले बताए।

    प्रदेश सरकारले भने गत वर्ष तयार गरेको रंगशालाको डीपीआरमा नदी कटान क्षेत्रको संरक्षण कसरी गर्ने भन्ने निर्क्यौल नहुँदा रंगशाला निर्माण कार्य अगाडि बढ्न नसकेको बताएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक ८ गतेको राशिफल

    आज कार्तिक ८, २०८२ (अक्टोबर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    माइतीघरमा जेनजी आन्दोलनका समर्थकहरूको प्रदर्शन, शहीदहरूको सम्झना

    काठमांडौं, कात्तिक ७ – जेनजी आन्दोलनका समर्थकहरूले माइतीघर मण्डलामा प्रदर्शन गर्दै शहीदहरूको बलिदान सम्झन र...

    आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको उपचारका क्रममा मृत्यु

    काठमाडौं, कात्तिक ७ – गायिका नितु पौडेलको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान साढे...

    १५ नयाँ दल दर्ता, आयोगले गर्यो अध्ययन

    काठमाडौं, कार्तिक ७ – निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि आएका १५ दलको आवेदन...

    माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकीकरण अन्तिम चरणमा

    काठमाडौं, कार्तिक ७ – लामो समयदेखि वामपार्टीबीचको एकताको प्रयास अन्तिम चरणमा पुगेको छ। नेकपा माओवादी...