News Portal

न्युयोर्कलाई उछिनेर बेइजिङ बन्यो संसारकै धेरै अर्बपति बस्ने शहर

हिमालीसंचार संवाददाता
५१२ पटक

एजेन्सी – चिनियाँ राजधानी बेइजिङ संसारकै धेरै अर्बपतिहरू बस्ने शहर बनेको छ। फोर्ब्स म्यागजिनले प्रकाशित गरेको संसारका अर्बपतिको सूचीमा परेकामध्ये १ सय जना बेइजिङका बासिन्दा रहेका छन्। तीमध्ये ३३ जना अर्बपति यसपालिमात्रै थपिएका हुन्।

बेइजिङपछि अमेरिकाको न्युयोर्क शहर छ। त्यहाँ ९९ जना अर्बपति बस्छन्। सात वर्षयता न्युयोर्क नै धेरै अर्बपति भएको शहरमा पहिलो नम्बरमा रहेको थियो।

चीनले कोरोनाभाइरसमाथि गरेको प्रभावकारी नियन्त्रण, प्रविधिसम्बन्धी कम्पनीहरू बिस्तार र सेयर मार्केटमा भएको सुधारले चिनियाँ अर्बपति थपिएका हुन। बेइजिङमा अर्बपतिहरू थपिए पनि न्युयोर्कका अर्बपतिहरूसँग बेइजिङका सबै अर्बपतिको भन्दा  ८० अर्ब डलर बढी सम्पत्ति रहेको छ।

चीनमा (हङकङ र मकाउसमेत) यस वर्ष  २ सय १० जना अर्बपति थपिएका छन्। यीमध्ये आधा भन्दा बढीले उत्पादनमूलक र प्रविधिसम्बन्धी कम्पनीका मालिक हुन्। चीनकी अर्बपति महिला केइट वाङले इ-सिगरेटबाट पैसा कमाएकी हुन्।

अहिले चीनभरि ६ सय ९८ जना अर्बपति छन् भने अमेरिका ७ सय २४ जनाको सम्पत्ति १ अर्ब डलरभन्दा बढी रहेको उल्लेख गरिएको छ। यसपालि फोर्ब्सको सूचीमा ४ सय ९३ जना नयाँ अर्बपति थपिएका छन्। अर्थात् गत वर्ष हरेक १७ घन्टामा एक जना मानिस अर्बपति बनेको तथ्यांक रहेको छ।

भारत धेरै अर्बपति भएको मुलुकमा तेस्रो स्थानमा रहेको छ। त्यहाँ १ सय ४० जना डलर अर्बपति रहेका छन्।

प्रतिकृया दिनुहोस्

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...