News Portal

न्युयोर्कलाई उछिनेर बेइजिङ बन्यो संसारकै धेरै अर्बपति बस्ने शहर

हिमालीसंचार संवाददाता
४६७ पटक

एजेन्सी – चिनियाँ राजधानी बेइजिङ संसारकै धेरै अर्बपतिहरू बस्ने शहर बनेको छ। फोर्ब्स म्यागजिनले प्रकाशित गरेको संसारका अर्बपतिको सूचीमा परेकामध्ये १ सय जना बेइजिङका बासिन्दा रहेका छन्। तीमध्ये ३३ जना अर्बपति यसपालिमात्रै थपिएका हुन्।

बेइजिङपछि अमेरिकाको न्युयोर्क शहर छ। त्यहाँ ९९ जना अर्बपति बस्छन्। सात वर्षयता न्युयोर्क नै धेरै अर्बपति भएको शहरमा पहिलो नम्बरमा रहेको थियो।

चीनले कोरोनाभाइरसमाथि गरेको प्रभावकारी नियन्त्रण, प्रविधिसम्बन्धी कम्पनीहरू बिस्तार र सेयर मार्केटमा भएको सुधारले चिनियाँ अर्बपति थपिएका हुन। बेइजिङमा अर्बपतिहरू थपिए पनि न्युयोर्कका अर्बपतिहरूसँग बेइजिङका सबै अर्बपतिको भन्दा  ८० अर्ब डलर बढी सम्पत्ति रहेको छ।

चीनमा (हङकङ र मकाउसमेत) यस वर्ष  २ सय १० जना अर्बपति थपिएका छन्। यीमध्ये आधा भन्दा बढीले उत्पादनमूलक र प्रविधिसम्बन्धी कम्पनीका मालिक हुन्। चीनकी अर्बपति महिला केइट वाङले इ-सिगरेटबाट पैसा कमाएकी हुन्।

अहिले चीनभरि ६ सय ९८ जना अर्बपति छन् भने अमेरिका ७ सय २४ जनाको सम्पत्ति १ अर्ब डलरभन्दा बढी रहेको उल्लेख गरिएको छ। यसपालि फोर्ब्सको सूचीमा ४ सय ९३ जना नयाँ अर्बपति थपिएका छन्। अर्थात् गत वर्ष हरेक १७ घन्टामा एक जना मानिस अर्बपति बनेको तथ्यांक रहेको छ।

भारत धेरै अर्बपति भएको मुलुकमा तेस्रो स्थानमा रहेको छ। त्यहाँ १ सय ४० जना डलर अर्बपति रहेका छन्।

प्रतिकृया दिनुहोस्

झापामा सशस्त्र र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी फस्टायो, घुमुवा असुलीको आतंक

काठमाडौँ —झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी मौलाउँदै गएको गम्भीर आरोप लागेको छ।...

पार्टी एकता जोगाउन मध्यमार्ग रोजेको हो : शेखर कोइराला

काठमाडौं, ८ माघ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका मतभेद र आन्तरिक...

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, ८ माघ — अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार घटेको छ।...

आज २०८२ साल माघ ८ गतेको राशिफल

आज माघ ८, २०८२ (जनवरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...