News Portal

कांग्रेस निकटका पोखरेलले पत्रकार महासंघमा ओली समूहलाई नकआउट गर्दै, अधिकांश स्थानमा अगाडि

हिमालीसंचार संवाददाता
४४३ पटक

काठमाडौं – नेपाल पत्रकार महासंघको निर्वाचनमा नेपाली कांग्रेस समर्थक अध्यक्षका उम्मेदवार विपुल पोखरेलले लिड गरेका छन्। बुधबार भएको देशभरिको मतदानपछि भएको मतगणनामा पोखरेल फराकिलो मतसहित अगाडि देखिएका हुन्।

निर्वाचन समितिका एक सदस्यका अनुसार अध्यक्षका प्रत्यासी पोखरेलको प्यानल फराकिलो मतसहित अग्रता लिएको छ। पोखरेललाई प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको एमाले निकटको प्रेस चौतारीबाट अध्यक्षमा उम्मेदवार बनेकी निर्मला शर्माले पछ्याइरहेकी छिन्। शर्मा निकै पछाडि छिन्। अध्यक्षका अर्का उम्मेदवार गजेन्द्र बुढाथोकी निकै पछाडि छन्।

पत्रकार महासंघको निर्वाचनमा केन्द्रीय कार्यसमितिमा अध्यक्षसहित अधिकांश पदमा कांग्रेस निकटको प्रेस युनियनले जित्दैछ। पछिल्लो अनौपचारिक परिणाम अनुसार कांग्रेस निकटका अधिकांश उम्मेदवारले जितेका छन्। जिल्ला अध्यक्ष र प्रतिष्ठानहरूमा पनि प्रेस युनियनले जितेको छ।

यसपटक प्रेस युनियनले कहिल्यै पनि अध्यक्ष जित्न नसकेका जिल्लाहरूमा पनि कब्जा जमाएको छ। कम्युनिस्टहरूले सधैँ जित्दै आएका जिल्ला र प्रतिष्ठानमा कांग्रेस निकटका प्रेस युनियनले जितेको छ।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...