News Portal

संखुवासभाबाट धरान हिडेको बस पिलुवा खोलामा दुर्घटना, ३२ जना घाइते

हिमालीसंचार संवाददाता
५२८ पटक

संखुवासभा – संखुवासभाको मादी नगरपालिकाबाट धरानतर्फ हिडेको को १ ख २८२४ नम्बरको शुभम डिलक्सको बस शुक्रबार बिहान पिलुवा खोलामा दुर्घटनाग्रस्त भएको छ ।

मादीबाट छुटेको सो बस धर्मदेवी नगरपालिका-४,दोभान रिसोर्टनजिक दुर्घटना हुँदा ३२ यात्रु जना घाइते भएका चैनपुरस्थित सशस्त्र प्रहरी बलको अरूण गुल्मले जनाएको छ। गुल्मपति डीएसपी विशाल सिलवालका अनुसार घाइतेमध्ये १३ जनालाई उपचारका लागि धरानतर्फ पठाइएको छ। 

सामान्य घाइते भएका १९ जनालाई उपचारका लागि चैनपुरस्थित स्वास्थ्य संस्थामा उपचालका लागि लगिएको छ। डीएसपी सिलवालले जानकारी दिए । 

मादी नगर क्षेत्रबाट पिलुवा खोला तरेर धर्मदेवी नगरपालिकातर्फ उकालो चढिरहेको बस सडकबाट करिब २० मिटर तल खसेको थियो। धटनापछि घाइतेहरूको सशस्त्र प्रहरी, इलाका प्रहरी कार्यालय चैनपुरका सुरक्षाकर्मी र स्थानीयले उद्धार गरेका थिए ।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...