News Portal

भ्रष्टाचार आरोपमा पथरीका प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध मुद्दा

हिमालीसंचार संवाददाता
३९० पटक

काठमाडौं – पथरी शनिश्चरे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमलासहित ६ जनाबिरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ। गैरकानूनी लाभ तथा सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आयोगले २४ लाख २७ हजार विगो कायम गर्दै आरोपपत्र दायर हो।

ईन्जिनियर कृष्णप्रसाद कोइराला र असिस्टेन्ट (सहायक) सव ईन्जिनियर लिलाराज भट्टराई, चुरे संरक्षण पोखरी निर्माण उपभोक्ता समितिका अध्यक्ष कुलबहादुर गुरुङ, सचिव नवीन ढकाल र कोषाध्यक्ष विनिता देवानलाई प्रतिवादी बनाइएको छ।

उनीहरुले पोखरी निर्माण भइसकेको भनी गलत कार्यसम्पन्न प्रतिवेदन तयार तथा स्वीकृत गरेको, नगरपालिकाको योजना तथा कार्यक्रम अनुगमन समितिमा बसी लागत अनुमान बमोजिम कार्यसम्पन्न भएकोले भुक्तानीको सिफारिस गरियो भनी गलत प्रतिवेदन पेश तथा जाँचपास गरेको पाइएको अख्तियारको आरोप पत्रमा उल्लेख छ।

उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको मागदाबी सहित विशेष अदालतमा मुद्दा दायर भएको अख्तियारका प्रवक्ता एवं सहसचिव नारायाण प्रसाद रिसालले जानकारी दिएको अन्नपूर्णपोष्टले जनाएको छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...